कीवर्डहरू -

बालबालिकाहरूका लागि मोबाइल एप ‘नेपाली वणर्माला २’ सार्वजनिक

बालबालिकाहरूका लागि मोबाइल एप ‘नेपाली वणर्माला २’ सार्वजनिक

कोरोना भाइरसको कारणले लाखौँ बालबालिकाहरू पढाइबाट बञ्चित भइरहेका बेला फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) कम्पनीले निःशुल्क नेपाली वणर्माला २ डिजिटल एप गुगल प्ले स्टोरमा सार्वजनिक गरेको छ ।

एपमा बालबालिकाहरूको लागि व्यजन वर्ण, चित्र बनाउन, ज्ञान विज्ञान, खेल र बौद्धिक विकास आदि राखिएको छ ।

‘नेपाली वणर्माला नेपाली बाल-बालबालिकाहरूको लागि तयार पारिएको नेपाली डिजिटल एप हो,’ फेस्ट कम्पनीका अध्यक्ष धिरेन्द्र चन्द्र सोडारीले भने, ‘यो एपले बालबालिकाहरूको बौद्धिक तथा मानसिक विकासका लागि तयार पारिएको पाठय्क्रम एप हो । खेल तथा मनोरञ्जनमा पनि यो एपले बौद्धिक विकासमा झन सहज पुग्ने छ ।’

यस एपमा भिडियो मार्फत तथा विभिन्न किसिमका मनोरञ्जनात्मक गतिविधिद्धारा बाल—बालिकाहरूको ध्यान केन्द्रित गराई, बाल—बालिकाहरूको समय मानसिक तथा बौद्धिक विकासमा लगाउने कम्पनीले जनाएको छ ।

नेपाली वर्णमाला एप नेपालीमा प्रस्तुत गरिएको छ, साथै यो एप समय समयमा अपडेट गर्दै नेपाल रैथाने मौलिक भाषामा पनि बनाइने फेस्ट कम्पनीका संस्थापक तथा सिइओ विक्कि महतले जानकारी दिए । साथै यो एपमा प्रत्येक हप्ताको एक पटक अपडेट हुनेछ । नेपाली वणर्मालामा सात सूचीहरू समावेश गरिएका छन ।

पाठशालामा व्यन्जनवर्ण, स्वर वर्ण, संख्या पहिचान, रंगहरुको पहिचान, महिना र हप्ताबारहरु, ऋतुहरु, ध्वनि पहिचान समावेश गरिएको छ ।

खेलमा चित्र बनाउने, एक चित्र एक अक्षर खेल्ने खेल, ध्वनि सुनेर र भन्ने खेल त्यस्तै दुरदर्शनमा ज्ञान विज्ञानका भिडियो , मेरो डाक्टर सम्बन्धि भिडियो , हस्त कला सम्बन्धि भिडियो आदी समेटेर बनाइएको छ ।

फेस्टले विशेष गरी शिक्षा क्षेत्रमा काम गरिरहेको छ । नेपाली वणर्माला एप विभिन्न भाषामा पनि अपडेट गरिने जनाइएको छ ।