कीवर्डहरू -

क्युआर पेमेन्टमा सफलता, महिनामा साढे ३ अर्ब बढी भुक्तानी

क्युआर पेमेन्टमा सफलता, महिनामा साढे ३ अर्ब बढी भुक्तानी

मुलुकमा क्युुआरमा आधारित भुक्तानी सुरु भएका धेरै भएका छैन । पहिला फाट्टफुुट्ट हुने भए पनि गत आर्थिक वर्षमा यसको प्रयोग व्यापक भएको हो ।

नेपाल राष्ट बैंकले क्युुआर पेमेन्टलाई प्राथमिकतमा राखेर काम गर्न थालेपछि यसको चर्चा र भुक्तानी बढेको छ । राष्ट बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार असार महिनामा मात्र ३ अर्ब ६५ करोड १० लाख रुपैयाँ बराबरको क्युुआरमा आधारित भुुक्तानी भएको छ ।

यो भुक्तानी अहिलेसम्म कै धेरै हो । राष्ट बैंकको विवरणमा अघिल्लो वर्षको विवरण नभए पनि गत आर्थिक वर्षको पहिलो पहिनामा ५८ करोड ९० लाख रुपैयाको क्युुआर पेमेन्ट भएको थियो ।

यसहिसाबले हेर्दा एक वर्षको अवधिमा ५१९ प्रतिशतले क्युुआर भुक्तानीमा वृद्धि एको छ । गत आर्थिक वर्षको हरेक महिना क्युुआर पेमेन्ट भुक्तानी वृद्धि भएको छ ।