कीवर्डहरू -

कनेक्ट आईपीएसबाट अब सीटीइभीटीको छात्रवृत्तिको आवेदन फारमको शुल्क तिर्न सकिने

कनेक्ट आईपीएसबाट अब सीटीइभीटीको छात्रवृत्तिको आवेदन फारमको शुल्क तिर्न सकिने

कनेक्ट आईपीएसबाट अब सीटीइभीटीको छात्रवृत्तिको आवेदन फारमको शूल्क तिर्न सकिने भएको छ । सरकारको सरकारी वा सामुदायिक विद्यालयबाट एसईई/एसएलसी/टिएसएलसी अध्ययन गरेको विद्यार्थीहरुले छात्रवृत्ति आवेदन फारम भरेर त्यसको शुल्क कनेक्ट आईपीएसबाट भुक्तानी गर्न सक्नेछन् ।

निजी विद्यालय बाट एसईई/एसएलसी/टिएसएलसी अध्ययन गरी छात्रवृत्तिको आवेदन फारम भरेमा उक्त फारम स्वतः रद्द हुनेछ भने शुल्क पनि फिर्ता नहुने सीटीईभीटीले जनाएको छ ।

छात्रवृत्तिको आवेदन फाराम भर्ने आवेदकले डिप्लोमा तथा प्रि–डिप्लोमा तहका कार्यक्रमहरु मध्ये आवेदकले कुनै एक तहको एक वटा कार्यक्रममा मात्र भर्न पाउनेछन् ।

विद्यार्थीले यहाँ क्लिक गरी छात्रवृत्तिको फारम भर्न सक्नेछन् भने शुल्क तिर्ने ठाउँमा कनेक्ट आईपीएस छनोट गरेर शुल्क तिर्न सकिने छ ।