कीवर्डहरू -

अब सबै आईओएस प्रयोगकर्तालाई युट्युबको पिक्चर इन पिक्चर मोड उपलब्ध हुने

अब सबै आईओएस प्रयोगकर्तालाई युट्युबको पिक्चर इन पिक्चर मोड उपलब्ध हुने

युटुयुबले सबै आईओएस प्रयोगकर्ताका लागि पिक्चर इन पिक्चर मोड रोल आउट गर्ने भएको छ । टेकक्रन्चको रिपोर्ट अनुसार युटुयुबले सुरुमा प्रिमियम प्रयोगकर्तालाई यो फिचर दिनेछ । त्यसपछि अरु आईओएस प्रयोगकर्तालाई उपलब्ध हुनेछ ।

यो फिचर सर्वप्रथम भने अमेरिकाका आईओएस प्रयोगकर्ताका लागि उपलब्ध हुने युट्युबले जनाएको छ  । यो मोडले प्रयोगकर्ताहरुलाई ब्राउजरमा अरु काम गरिरहँदा मिनी प्लेअरमा भिडियो हेर्न दिनेछ ।

यो फिचर नेटफ्ल्क्सि, ट्वीच, अमेजन प्राइभ भिडियो डिज्नी प्लस र एप्पल टिभीले यसअघि नै प्रयोगमा ल्याइसकेका छन् । यो फिचरले मोबाइलमा अन्य काम गर्दै भिडियो हेर्न सहज बनाउने छ । प्रिमियम प्रयोगकर्ताहरुको लागि यो परिक्षण अक्टोबर ३१ मा सकिने जनाइएको छ ।