कीवर्डहरू -

एनसेलको आम्दानी १ अर्बभन्दा बढीले वृद्धि

एनसेलको आम्दानी १ अर्बभन्दा बढीले वृद्धि

निजी क्षेत्रको अग्रहणी मोबाइल सेवा प्रदायक एनसेलको आम्दानीमा सुधार भएको छ । एनसेलले यस वर्षको दोस्रो त्रैमासिकमा आफ्नो आम्दानीमा झन्डै ११ प्रतिशतले वृद्धि गरेको छ ।

पछिल्लो समय कोरोना संक्रमणले बाहिरी गतिविधी कम र अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानी घटिरहेको बेला एनसेल यस वर्षको दोस्रो त्रैमासिकमा कुल आम्दानीमा सुुधार गरेको हो । उसले यस अवधिमा गत वर्षको सोही अवधिको तुलनामा १ अर्ब २ करोड रुपैयाँ बढी आम्दानी गरेको हो ।

एनसेलको मुख्य लगानीकर्ता आक्जियाटाले सार्वजनिक गरेको सन् २०२१ को दोर्सो त्रैमासिक वित्तीय विवरणअनुसार तीन महिनामा (अप्रिल–जुन) सम्मको आम्दानी १० अर्ब ३१ करोड ४० लाख रुपैयाँ पुुगेको छ ।

यो गत वर्षको सोही अवधिको तुलनामा १ अर्ब २ करोड ३० लाख रुपैयाँले बढी हो । सन् २०२० को दोस्रो त्रैमासिकमा एनसेलको आम्दानी ९ अर्ब ५४ करोड रुपैया थियो ।

एनसेलको कुल आम्दानीमध्ये डेटाबाट हुने आम्दानी २५ प्रतिशत रहेको छ । अर्थात यस वर्षको दोस्रो त्रैमासिकमा एनसेलले डेटाबाट २ अर्ब ६४ करोड ७ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको छ ।

एनसेलले यस वर्षको दोस्रो महिनामा गरेको आम्दानी पछिल्लो चारवटा त्रैमासिकको आम्दानीमध्ये सबैभन्दा धेरै हो ।