कीवर्डहरू -

कुशे औँसी तथा तीजको अवसरमा ग्लोबल आइएमई बैंकको २० प्रतिशत क्यासब्याक योजना

कुशे औँसी तथा तीजको अवसरमा ग्लोबल आइएमई बैंकको २० प्रतिशत क्यासब्याक योजना

ग्लोबल आइएमई बैंक लिमिटेडले कुशे औँसी तथा हरितालिका तीजको अवसरमा विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ ।

मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट एवं डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यास ब्याक योजना सार्वजनिक गरेको जनाएको छ ।

यस क्यास ब्याक योजना अन्तर्गत भदौ २१ र कुशे औँसीको दिन २२ गते बुबाको लागि कुनै पनि उपहारको खरिदमा ‘गिफ्ट टू फादर’ लेखी क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (३०० सम्म)क्यास ब्याक पाइने बैंकले जनाएको छ ।

यसैगरी भदौ २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा ग्लोबल आइएमई बैंकको डेबिट/क्रेडिट कार्डको प्रयोग गरी अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशत (५०० सम्म) क्यास ब्याक फिर्ता मिल्ने बैंकले जनाएको छ । क्यास ब्याक योजनालाई तीज विशेष बनाउन बैैंकले महिलाहरुलाई ग्राह्यता दिने भएको छ ।

ग्लोबल आइएमई बैंकमा ‘नारी बचत’ तथा ‘नारी शक्ति बचत’ खाता रहेका महिलाहरुले डेबिट कार्डको प्रयोग गरी पस /ईकम मार्फत ३ हजार वा सो भन्दा बढिको भुक्तानीमा ३ सय क्यास ब्याक फिर्ता पाउनेछन् । महिला ग्राहकलाई लक्षित यो योजना भदौ १६ देखि ३१ गते सम्म चल्ने बैंकले जनाएको छ ।