कीवर्डहरू -

अब अटोमेटिक मसिनले धुनेछ तपाईंको मोटरसाइकल (भिडिओ)

अब अटोमेटिक मसिनले धुनेछ तपाईंको मोटरसाइकल (भिडिओ)

विदेशमा मसिनबाट गाडी धुने चलन सामान्य भइसक्दा पनि नेपालमा भने सुरु हुनसकेको छैन । गाडीदेखि मोटरसाइकलसम्म हातले नै धुने, सफा गरेको देखिन्छ ।

अब नेपालमा पनि मोटरसाइकल धुनको लागि अटोमेटिक मेसिन प्रयोग गर्न सकिने भएको छ । राष्ट्रिय आविष्कार केन्द्रले मोटरसाइकल धुने अटोमेटिक मसिन बनाउन सफल भएको छ । उक्त मेसिनको आविस्कारसँगै गाडी धुुनको लागि नयाँ प्रविधिको सुरुवात भएको छ ।

आविष्कार केन्द्रका ३ जना अनुसन्धानकर्ताले मोटरसाइकल धुने अटोमेटिक मेसिन विकास गरेका हुन् । करिब ७ महिनाको मिहिनेत पछि अटोमेटिक मोटरसाइकल धुने मेसिन बनाउन सफल भएको राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले बताए ।

उक्त मसिनले मोटरसाइकल धुनसमेत सुुरु गरिसकेको छ । उक्त मेसिनले ११० भन्दा बढी मोटरसाइकलहरू धोइसकेको छ ।

पहिलो मेसिनमा देखिएका केही त्रुुटीहरु अर्को मेसिन बनाउँदा सुधारिएको पुनले बताए । यो मेसिन आविष्कार केन्द्रले यमाहा मोटरसाइकलको डिलर रिस्क अटोमोबाइल प्रालि काठमाडौंका लागि बनाएको हो ।

आविष्कार केन्द्रलाई अटोमेटिक मोटरसाइकल धुने मेसिन होन्डा मोटरसाइकलको डिलरले पनि अर्डर गरेको छ । योे मसिन बनाउँदा ४ लाख रूपैयाँ बराबरको सामान लागेको छ ।

‘यो मेसिन पहिलो पटक बनाएकाले यसमा धेरै पैसा, समय र मिहिनेत लागेको छ’ पुनले भने, ‘अब अर्को पटकदेखि मेसिन बनाउँदा सजिलो पनि हुने र मूल्य पनि घट्ने छ ।’

राष्ट्रिय आविष्कार केद्रले यसअघि एयर प्युरिफाइङ मेसिन, आईसोलेसन चेम्बर, एरोसेल बक्स, युभीसी निर्मलीकरण बक्स, मिनि अक्सिजन प्लान्ट, कृषिजन्य वस्तुहरू सुकाउन मिल्ने ड्रायर, इमरजेन्सी भेन्टिलेटर, ब्याट्रीबाट चल्ने गुड्ने बुथ लगायतका सामानहरू विकास गरिसकेको छ ।

भिडिओ