कीवर्डहरू -

ट्विटरको भिडियो कसरी डाउनलोड गर्ने ? यस्तो छ सजिलो तरिका

ट्विटरको भिडियो कसरी डाउनलोड गर्ने ? यस्तो छ सजिलो तरिका

हामीहरू धेरैले माइक्रोब्लगिङ साइट ट्वीटर प्रयोग गर्छौं । कहिलेकाँही ट्विटर प्रयोग गरिरहदा हामीलाई भिडियो डाउनलोड गर्नुपर्ने हुन्छ ।

तर ट्विटरले सजिलै भिडियो डाउनलोड गर्न दिदैन् । हामीले अर्को कुनै तरिका अपनाएर भिडियो डाउनलोड गर्नुपर्ने हुन्छ । आज हामी तपाईलाई ट्विटरको भिडियो कसरी डाउनलोड गर्ने भनेर जानकारी दिदैछौं ।

कम्प्युटरमा कसरी डाउनलोड गर्ने ?

शुरूमा कुनै पनि ब्राउजरमा ट्विटर खोल्नुहोस् । त्यसपछि ट्विट गरेको कुन भिडियो डाउनलोड गर्न चाहनुहुन्छ त्यो छनोट गर्नुहोस् । त्यसपछि उक्त पोष्टमा राइट क्लिक गर्नुहोस् र कपी भिडियो एड्रेसमा क्लिक गर्नुहोस् वा शेयर आइकनमा क्लिक गरी ट्विटको लिंक कपी गर्नुहोस् ।

त्यसपछि यहाँ क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ अगाडि कपी गरेको लिंक राख्ने अप्सन देखिने छ, सो लिंक त्यहाँ पेष्ट गर्नुहोस् र आफ्नो आवश्यकता अनुसार भिडियो डाउनलोड गर्नुहोस् ।

मोबाइलमा कसरी डाउनलोड गर्ने ?

मोबाइलमा डाउनलोड गर्न शुरूमा आफ्नो ट्विटर एप खोल्नुहोस् । त्यसपछि ट्विटरको कुन भिडियो डाउनलोड गर्नुपर्ने हो त्यो छनोट गर्नुहोस् ।

उक्त पोष्ट छनोट गरेपछि शेयरको आइकनमा क्लिक गर्नुहोस् र लिंक कपी गर्नुहोस् । त्यसपछि यहाँ क्लिक गर्नुहोस् र उक्त लिंक पेष्ट गर्नुहोस् । ‍