कीवर्डहरू -

आईफोन भर्सेस एन्ड्रोइड : तपाईले कुन किन्दा राम्रो ?

आईफोन भर्सेस एन्ड्रोइड : तपाईले कुन किन्दा राम्रो ?

राम्रो स्मार्टफोन किन्न खोज्दा पहिलो प्रश्न हुन्छ आईफोन किन्ने की एन्ड्रोइड । दुवैका आ-आफ्नो ठाउँमा राम्रा फिचर छन् ।

आज हामी तपाईलाई आईफोन र एन्ड्रोइडका केही भिन्नता बारे जानकारी दिदैछौं । जसले तपाईलाई आईफोन र एन्ड्रोइडमा कुन किन्दा राम्रो हुन्छ भनेर निर्णय गर्न सजिलो बनाउने छ ।

हार्डवेयर

आईफोन र एन्ड्रोइडको बीचमा सबैभन्दा उच्चतम फरक भनेको हार्डवेयर कै हो । एप्पलले आईफोन मात्रै बनाउने हुँदा सफ्टवेयर र हार्डवेयर माथि एकदमै नियन्त्रण राखेको छ ।

गूगलले भने सामसङ, एचटीसी, मोटोराला र एन्ड्रोइड जस्तो थुप्रै फोन कम्पनीहरुलाई एन्ड्रोइड सफ्टवेयर प्रदान गरेको छ । त्यस कारण एन्ड्रोइड फोनहरु तौल, फिचर र गुणस्तरको आधारमा फरक पर्न सक्छ ।

महङ्गो एन्ड्रोइड फोनहरु एप्पलकै फोन जतिकै राम्रो हुन्छन् । सस्तो एन्ड्रोइड फोनहरुमा भने धेरै समस्याहरु आईरहने देखिएको छ ।

आईफोन किन्दा मोडेल मात्रै छान्नुपर्छ भने एन्ड्रोइड फोनहरुमा कम्पनी सहित मोडेल पनि छान्नुपर्ने हुन्छ । केहीले एन्ड्रोइडको विभिन्न छनौटका अप्सन मन पराउँछन् भने केहीले एप्पलको राम्रो गुणस्तर र सजिलोपना मनपराउँछन् ।

अपरेटिङ प्रणाली

अपरेटिङ प्रणालीको एकदमै पछिल्लो अपडेटहरु पाइराख्न तपाईले पक्कै पनि आईफोन छान्नुपर्छ । किनभने केही एन्ड्रोइड निर्माताहरुले एकदमै ढिलो रुपमा अपडेटहरु दिने गर्दछन्।

एप्पलले पुरानो फोनहरुलाई एन्ड्रोइड भन्दा राम्ररी सपोर्ट गर्ने गर्दछ । सन् २०१७ मा सार्वजनिक गरिएको आईओएस ११ ले राम्ररी पुरानो डिभाइसलाई पनि सपोर्ट गर्ने गर्दछ ।

एप

गूगल प्ले स्टोरको तुलनामा एप्पलको एप स्टोरमा कम एप रहेका छन् । एप्पलले आफ्नो एप स्टोरमा कुन कुन एप राख्ने भन्ने पक्षमा एकदमै कडा गर्ने गर्दछ । गूगलले एपहरुलाई त्यति धेरै कडाई गरेर जाँच गर्दैन् ।

एकपटक गूगल प्ले स्टोरमा नक्कली ह्वाट्सएप १० लाख पटक डाउनलोड भएको थियो तर एप्पलको कडाईको कारणले यस्तो एपहरु एप स्टोरमा आउन पाउँदैनन् ।

एन्ड्रोइडमा थुप्रै डिभाइस र ओएस भएकाले एन्ड्रोइडमा एप विकास गर्न बढी खर्च लाग्ने गर्दछ । प्रमुख एन्ड्रोइडमा एपहरु धेरै जसो समय पहिला आइओएसमै आउने गर्दछन् र एन्ड्रोइडमा पछि आउने गर्दछन् ।

गेमिङ

पहिले मोबाइल गेमिङलाई निन्टेन्डो थ्रिडीएस र सोनीको प्लेस्टेसन भाईटाले हावी गरेको थियो र यसलाई आईफोनले परिवर्तन गरिदिएको छ ।

मोबाईल भिडियो गेमको बजारमा आईफोन र आईपडको गेमले करौडौँ प्रयोगकर्तालाई आकर्षित गरेको छ । निन्टेन्डोले आईफोनका लागि गेम पनि सार्वजनिक गर्न थालेको छ ।

एन्ड्रोइडमा प्रयोगकर्ताले धेरै जसो गेम निःशुल्क प्रयोग गर्न चाहने गर्दछन् जसले गर्दा गेम कम्पनीहरुले पहिले गेमलाई आईओएसमा सार्वजनिक गरेर मात्रै एन्ड्रोइड भर्सन सार्वजनिक गर्ने गर्दछन् ।

सुरक्षा

सुरक्षाको मामिलाले पनि आईफोननै राम्रो छ । एक अन्वेषण अन्तर्गत ९७ प्रतिशत मालवेयर, भाइरसहरु एन्ड्रोइडबाटै आएको पाइएको थियो ।

गूगलको एन्ड्रोइड टिमको प्रमुखले पनि एन्ड्रोइड पूर्ण रुपले सुरक्षित हुन्छ भनेर ग्यारेन्टी नलिनसक्ने बताएका छन् । आईफोन पनि पूर्ण रुपले आक्रमण प्रतिरोधात्मक हुन्छ भन्ने होइन् । तर यसले एन्ड्रोइडको तुलनामा अलि बढी सुरक्षा दिने गर्दछ ।

गोपनीयता

गोपनीयतामा पनि आईओएसले नै बढी ध्यान दिएको छ । गूगलको प्राथमिक व्यवसाय मोडेलले प्रयोगकर्ताको डेटा संकलन गरेर विज्ञापनदाताहरुलाई बेच्ने खालको रहेको थियो ।

तपाईलाई मनपर्ने विज्ञापन देखाउन गूगलले तपाईको डेटा सेयर गर्ने गर्दछ । एप्पलको विज्ञापन व्यवसाय छैन् । त्यस कारण पैसा कमाउन वा सामान बेच्नलाई एप्पललाई जानकारी सकंलन गर्नुपर्दैन् ।