कीवर्डहरू -

फेसबुकमा अब काल्पनिक र पप संस्कृति खालको खेल खेल्न सकिने

फेसबुकमा अब काल्पनिक र पप संस्कृति खालको खेल खेल्न सकिने

फेसबुकले अब काल्पनिक खेल र पप संस्कृति खालको खेल ल्याएको छ । यो खेल निःशुल्क र सजिलो रहेको कम्पनीले बताएको छ ।

काल्पनिक खेलले म्याचहरु, शीर्ष खेलाडीहरुमा कसले जितछन् भनेर भविष्यमानी गर्न दिन्छ । त्यस्तै रियालिटी शोहरुमा पनि कुन सहभागीले कसतो प्रस्तुती दिन्छन् होला र कसले जित्छ भनेर अनुमान लगाउने खालको गेमहरु रहेको छ ।

यो दुवै एन्ड्रोइड तथा आईओएस एपमा उपलब्ध रहेको छ । पप संस्कृति खालको खेलको बारेमा फेसबुकले खासै केही बताएको छैन् । यसले फेसबुकको विज्ञापन आम्दानी एकदमै बढाउने जनाइएको छ ।

यसले धेरै प्रयोगकर्ताहरुलाई पनि आर्कषित गर्न सक्ने कम्पनीले आशा गरेको छ । भविष्यमा यो सःशुल्क गेममा पनि परिवर्तन हुन सक्नेछ । काल्पनिक खेलहरु धेरैजसो सःशुल्क हुने हुँदा अहिलेको निःशुल्क भर्सनले धेरै प्रयोगकर्ताहरुलाई आर्कषित गर्न सक्ने बताइएको छ ।