कीवर्डहरू -

नेपाल राष्ट्र बैंकले खोल्यो ट्विटर अकाउन्ट

नेपाल राष्ट्र बैंकले खोल्यो ट्विटर अकाउन्ट

नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारिक ट्विटर अकाउन्ट सञ्चालन ल्याएको छ । बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ट्विटर अकाउन्ट खोलिएको जानकारी दिएका हुन् ।

बिहीबार ट्विटरमा एक ट्विटर गर्दै अधिकारीले भने, ‘सामाजिक सञ्जाल सम्बन्धि नीति पारित भएसँगै नेपाल राष्ट्र बैंकको ट्विटर अकाउन्ट खोलिएको छ ।’

यसबाट सूचना सम्प्रेषण गर्न र पृष्ठपोषणमा सहयोग मिल्ने अपेक्षा गरिएको गभर्नर अधिकारीले बताए ।

सामाजिक संजाल सम्बन्धि नीति पारित भएसंगै नेपाल राष्ट्र बैंकको Twitter account @NepalRastraBank खोलिएको छ, यसबाट सूचना संप्रेषण तथा पृष्ठपोषणमा सहयोग मिल्ने अपे़क्षा गरिएको छ । pic.twitter.com/OZCsxDr7G9

— Maha Prasad Adhikari (@AdhikariMaha) September 2, 2021