कीवर्डहरू -

निमा एकेडेमी एकेडेमिकसँगै ननएकेडेमिक कोर्सहरूको प्याकेज होः सीओओ जोशी

निमा एकेडेमी एकेडेमिकसँगै ननएकेडेमिक कोर्सहरूको प्याकेज होः सीओओ जोशी

गत साउन ३० गते निमा एकेडेमी ले तेस्रो वार्षिकोत्सव मनाएको थियो । नेपालको शिक्षा प्रणालीलाई डिजिटन बनाउने महत्वाकांक्षी योजनाका साथ अगाडि बढेको निमा एकेडेमी सन् २०१८ मा स्थापना भएको थियो ।

निमा एकेडेमीमा अहिले कक्षा १० सम्मका कोर्सहरू उपलब्ध छन् भने माथिल्लो तहका कोर्सहरू पनि राख्ने तयारी कम्पनीको छ । निमा एकेडेमीका कन्टेन्ट अफलाइनमा पनि डाउनलोड गरेर पढ्न सकिन्छ ।

यसै सन्दर्भमा निमा एकेडेमीको विविध विषयमा निमा एकेडेमीकी प्रमुख सञ्चालन अधिकृत (सीओओ) नेहा जोशीसँग गरिएको कुराकानीको सम्पादित अंशः


तपाईंहरू विगत ३ वर्षदेखि नेपालमा शिक्षालाई डिजिटलाइज गर्ने अभियानमा हुनुहुन्छ । निमा एकेडेमी भनेको के हो ?

निमा एकेडेमी ई-लर्निङ प्लेटफर्म हो । सन् २०१८ देखि यो सञ्चालन भइरहेको छ । निमा एकेडेमीले लर्निङ म्यानेजमेन्टलाई भन्दा पनि टिचिङ र लर्निङलाई फोकस गरेको छ ।

शिक्षाको स्ट्याण्डर्डलाई मेन्टेन गर्न हामीले कन्टेन्ट विकास गरिरहेका छौं । हामी प्लेटफर्ममा एकेडेमिक र ननएकेडेमीे दुवै कोर्सहरू राखिएको छ ।

अहिलेसम्म हामीले ४० स्कुललाई प्रदान गरेका छौं । निमा एकेडेमीमा ३५ हजार लर्नरहरू आबद्ध हुनु भएको छ भने ५ हजारभन्दा बढी इन्स्ट्रक्टरहरू आबद्ध हुनुभएको छ । यसमा गणित, विज्ञान, सामाजिक अध्ययन लगायतका अनिवार्य विषयका ३० बढी कोर्सहरू राखिएको छ ।

हामीले यसमा अब थप ननएकेडेमीका कोर्सहरू पनि राख्दै छौं, जसका लागि विभिन्न संस्थासँग सहकार्य गरेका छौं । ग्राहकलाई सन्तुष्ट बनाउन हामी केन्द्रित छौं ।

निमा एकेडेमीले केही दिनअघि तेस्रो वार्षिकोत्सव मनाएको छ । अबको ३ वर्षमा के के गर्ने योजनामा हुनुहुन्छ ?

अबको तीन वर्षमा निमा एकेडेमीलाई अझै विस्तार गर्ने योजना छ । कन्टेन्ट पनि फरक तरिकाबाट प्रस्तुत गर्ने योजना छ । बजारमा लर्निङ म्यानेजमेन्ट सिस्टम र स्कुल म्यानेजमेन्ट सिस्टम प्रदान गर्ने धेरै कम्पनीहरू छन् ।

शैक्षिक संस्थामा लर्निङ म्यानेजमेन्ट सिस्टम र स्कुल म्यानेजमेन्ट सिस्टमबीच अन्योल सिर्जना गरेको छ । किनभने स्कुल, कलेजलाई स्कुल म्यानेजमेन्ट सिस्टम चाहिन्छ । निमा एकेडेमी लर्निङ म्यानेजमेन्ट सिस्टम हो, जसले लर्निङ कन्सेप्ट, टिचिङ कन्सेप्ट म्यानेज गर्छ ।

स्कुल म्यानेजमेन्ट, स्टुडेन्ट म्यानेजमेन्ट फरक हो । बजारमा धेरै कम्पनी छन्, जसले लर्निङ म्यानेजमेन्ट सिस्टम प्रदान गर्छन् । निमा एकेडेमीले टिचिङ र लर्निङ सम्बन्धी सामग्रीलाई एउटै प्लेटफर्ममा प्रदान गरिरहेको छ ।

नेपालमा अहिले डिजिटल डिभाइड बढ्दो मात्रामा छ । डिजिटल डिभाइड कम गर्न निमा एकेडेमीको भूमिका कस्तो हुन्छ ?

डिजिटल डिभाइड अहिलेदेखि होइन, पहिलादेखि नै थियो । नेपालको सन्दर्भमा सन् २०१९ को अन्त्यदेखि यसको महत्व देखियो । हाम्रो स्कुलिङ कल्चर, हाम्रो टिचिङ कल्चर परम्परागत छ । २०२० देखि स्कुललाई डिजिटल जानुपर्ने बाध्यता भयो, जुन उहाँहरूका लागि गाह्रो थियो तर जानुभयो ।

२०२० हामी सबैका लागि असहज थियो । त्यो समयमा निमा एकेडेमी पूर्ण निःशुल्क थियो । निमा एकेडेमीले पढ्न र पढाउन सजिलो बनाइदिएको छ ।

\"\"

४० प्रतिशत मात्रै डिजिटलबाट पढ्ने र पढाउन गरियो भने अबको १० वर्षमा डिजिटल डिभाइट हटाउन सकिन्छ । हामीले काठमाडौंलाई मात्रै नभएर गाउँलाई केन्द्रित गरेका छौं ।

अलि दुर्गमा ठाउँमा जाँदा इन्टरनेट, किताब पुगेको हुँदैन् । विद्यालयको पढाइ पनि राम्रो हुँदैन् । त्यस्तो ठाउँमा हामीले फोकस गरिरहेका छौं । निमा एकेडेमीको कोर फोकस भनेको शिक्षाको गुणस्तर, समानता, पहूँच र सस्तोमा छ ।

निमा एकेडेमीमा अफलाइनमा पनि कन्टेन्ट उपलब्ध छन् । एकपटक इन्टरनेट प्रयोग गरेर एपबाट अफलाइनमा पढ्न कन्टेन्ट डाउनलोड गर्न सकिन्छ ।

ग्रामीण क्षेत्रमा विद्यार्थीले एउटा सस्तो स्मार्टफोनमा कन्टेन्ट डाउनलोड गरेर जुनसुकै समयमा कन्टेन्ट पढ्न सक्छन् । हामीले यसरी काठमाडौंलाई मात्रै नभएर काठमाडौं बाहिरलाई पनि फोकस गरेका छौं ।

भनिन्छ, सफलता पाउन असफलता पनि व्यहोर्नु पर्छ । तीन वर्षसम्म आइपुग्दा के के चुनौतीहरू भोग्नुभयो ?

३ वर्षसम्म आइपुग्दा हामीले थुप्रै चुनौतीहरू भोगेका छौं । हाम्रो देशमा यो लिएर आउँदा यो नयाँ थियो तर विदेशमा यो नयाँ थिएन । परिवर्तन ल्याउन गाह्रो छ । महामारीले अहिले एउटा अवसर ल्याइदिएको हो ।

किनभने बजारमा यसको आवश्यकता सिर्जना गरेको छ । सन् २०१८ र २०१९ मा हामीले डिजिटल शिक्षाको महत्व बुझाउन खोजेका थियौं ।

केही बुझाउन पनि सक्यौं, तर अझ महामारीले यसलाई सहज बनायो । महामारीले गर्दा डिजिटल शिक्षा महत्वमा वृद्धि भए पनि डिजिटल शिक्षाको महत्व अझै पनि बुझिएको छैन ।

डेढ वर्ष अगाडिदेखि शुरू भएको कोरोना महामारीको असर अझै कायमै छ । तेस्रो लहर आउने विज्ञले चेतावनी दिएका छन् । महामारीमा डिजिटल शिक्षाको महत्व बढेको छ । यस्तो अवस्थामा निमा एकेडेमीले कसरी काम गरिरहेको छ ?

हामीले सन् २०२० मा निमा एकेडेमी प्रयोगका लागि ८२ वटा विद्यालयलाई जुमबाट तालिम प्रदान गरेका थियौं । हामीले गतवर्ष निमा एकेडेमीका सबै कोर्स निःशुल्क गरेका थियौं ।

गत अप्रिलमा हामीले शुल्क लाग्ने बनाएका हौं । निमा एकेडेमीबाट यसरी पढ्न र पढाउन सकिन्छ भनेर जनचेतनाका लागि हामीले विभिन्न तालिमहरू दियौं ।

निमा एकेडेमीले शिक्षा क्षेत्रलाई एउटा स्ट्याण्डर्डमा लैजाने योजना बनाएको छ । किनभने सरकारी स्कुल र प्राइभेट स्कुलबीच काठमाडौंमै ठूलो भिन्नता छ ।

काठमाडौं बाहिर त झन् कस्तो छ, हामी कल्पनै गर्न सक्दैनौं । सिकाइको अनुभवलाई कसरी स्ट्याण्डराइज गर्ने र पहुँचयोग्य बनाउने भन्ने अवधारणामा लागिरहेका छौं ।

नेपालको शिक्षा क्षेत्रलाई रूपान्तरण गर्ने हाम्रो योजना छ । नेपालको शिक्षा अहिले कस्तो छ र कस्तो हुनुपर्छ भन्ने एउटा भिजन लिएर काम गर्दै छौं । त्यसमा हामी एउटा स्ट्याण्डराइज प्रक्रिया पछ्याउँछौं । अहिलेको महामारीमा एडप्टेसन र चेन्ज उच्च छ । डिजिटल एजुकेसन अहिले बजारमा लोकप्रिय छ ।

हाम्रो योजना अनुसार यसले १० वर्ष लिन सक्छ भन्ने थियो । तर २०२० मा द्रुत परिवर्तन भयो । स्कुल, अभिभावकले डिजिटल लर्निङलाई अँगाल्न थाले ।

जीमेल चलाउन गाह्रो हुने शिक्षकले पनि जुम कसरी चलाउने, कन्सेप्ट नोटहरू कसरी बनाउनेमा काम गर्नुभएको छ । त्यो हेरेर त ५ वर्षमा आउन सक्ने परिवर्तन आएको छ ।

नेपालको शिक्षा प्रणालीमा निमा एकेडेमीले कस्तो प्रकारको सकारात्मक प्रभाव पारेको छ ?

नेपालको शिक्षा प्रणालीमा निमा एकेडेमीले सकारात्मक प्रभाव लिएर आएको भनेको मेरो विचारमा पाठ्यक्रमको आधारमा अहिलेसम्म काम गरेका छौं ।

त्यसमा स्ट्याण्डर्ड प्रोसेस जसमा कन्सेप्टको स्पष्टता छुटिरहेको हुन्छ । शिक्षकले बुझाइ राख्नुभएको हुन्छ तर विद्यार्थीले बुझिरहेका हुँदैनन् । त्यहाँ ग्याप छ ।

शिक्षकले आफ्नो काम गरिरहेका हुन्छन् तर कति विद्यार्थीले बुझ्छन् कतिले बुझ्दैनन् । निमा एकेडेमीले सबै विद्यार्थीलाई बुझाउन कोसिस गरिरहेको छ । जति जना विद्यार्थीले पढून्, बुझेर पढून्, खेली खेली पढून्, हाँसी हाँसी रमाई रमाई पढून र पढेका कुरा बुझून् भन्ने हिसाबले हामीले काम गरिरहेका छौं ।

हामीले त्यो एउटा प्रभाव ल्याउन खोजेका छौं । हामीले त्यसलाई कसरी सपोर्ट गरेका छौं भने भिडियो मात्र नबनाएर कुनै पनि विषयलाई भिडियोमा रूपान्तरण गरेर त्यसलाई खेलाएर हुन्छ कि गेम हुन्छ कि हामीले हरेक टपिकको गेम पनि बनाएका छौं । क्विजहरू पनि खेलाउँछौं ।

आफ्नो परफर्मेन्स थाहा पाउन साथीहरूसँग खेल्न मिल्नेगरी पनि गेमहरू बनाएका छौं । त्यसरी हामीले शिक्षालाई रमाइलो बनाउन प्रयास गरिरहेका छौं । विद्यार्थी पनि हाम्रो सिस्टममा रमाइरहेका छन् । शिक्षकलाई समेत पढाउन सहयोग भएको छ ।

डिजिटल डिभाइसका अगाडि लामो समयसम्म बस्दा विद्यार्थीको स्वास्थ्यमा असर पर्ने कुरा आइरहेका छन् । स्वास्थ्यमा असर नपर्ने गरी र बुझ्नेगरी निमा एकेडेमीले कसरी काम गरिरहेको छ ?

निमा एकेडेमीले सेल्फ बेस्ड लर्निङलाई बढी जोड दिएको छ । अहिले महामारीले गर्दा परम्परागत शिक्षा केही हदसम्म डिजिटल भएको छ । पूणर्रूपमा भएको छैन । अहिले जुम, गूगल क्लासरूमबाट मात्र पढाउने काम भएको छ । विद्यार्थीले जहाँबाट जहिले पनि पढ्न सक्छन् ।

निमा एकेडेमीले कन्टेन्ट पनि धेरै लामो बनाएको छैन । तल्लो तहका विद्यार्थीका लागि हामीले अधिकतम ३ मिनेटसम्मको भिडियो बनाएका छौं भने माथिल्लो तहका लागि ५ देखि ८ मिनेटसम्मको बनाएका छौं ।

विद्यार्थीले जतिखेर पढ्दा पनि एउटा भिडियो हेरून्, बुझून्, खेलून्, जसले गर्दा उनीहरू लामो समय आफ्नो डिभाइस अगाडि बस्नु नपरोस् ।

हामीले विद्यार्थीको सिकाइ अनुभव रमाइलो होस्, खेलिखेली पढून्, बुझेर पढून् भनेर छोटो र मिठो कन्सेप्चुअल भिडियो तथा गेमहरू बनाएका छौं ।

हामीले सिर्जनात्मक सोचलाई प्रवर्द्धन गरेका छौं । पढेर मार्क्स ल्याउनुपर्छ भन्ने एउटा छ भने बुझेर पढ्दा उसको आलोचनात्मक सोच, सोच्ने क्षमता अप्रत्यक्ष रूपमा विकास गरेका छौं ।

सेल्फ बेस्ड लर्निङमा हामीले फोकस छौं । किनभने महामारीको समयमा हामीले घरबाटै काम गरिरहेका छौं । त्यसले गर्दा मानसिक समस्या देखिएका छन् ।

बालबालिकालाई एन्जाइटी, आँखाको समस्या र ढाडको समस्या देखिएको छ । हाम्रा कर्मचारीलाई पनि ढाड र खुट्टाको समस्या देखिएको छ । त्यो एउटा मोनोटोनस दिनचर्या भएको छ । त्यो अवस्थालाई ध्यानमा राखेर हामीले कन्टेन्ट बनाएका छौं ।