कीवर्डहरू -

ह्युन्डाईको जेनेसिस ब्राण्डले सन् २०२५ पछि विद्युतीय गाडी मात्रै निर्माण गर्ने

ह्युन्डाईको जेनेसिस ब्राण्डले सन् २०२५ पछि विद्युतीय गाडी मात्रै निर्माण गर्ने

ह्युन्डाईको जेनेसिस ब्राण्डले सन् २०२५ सम्ममा पूर्ण रुपले  विद्युतिय गाडीको निर्माण मात्रै गर्न थाल्ने भएको छ । कोरियन कम्पनी ह्युन्डाईले बजारको अरु कम्पनी भन्दा विद्युतीय गाडीमा एकदमै धेरै लगानी गर्दै आएको छ र त्यही कारणले अरु विद्युतीय गाडी निर्माण गर्ने कम्पनीहरु भन्दा धेरै अघि पनि रहेको छ ।

त्यही विषयलाई जारी राख्दै ह्युन्डाईको जेनेसिस ब्राण्डले सन् २०२५ पछि निर्माण हुने हरेक गाडी विद्युतिय मोडेलको हुने बताएको छ । कम्पनीले सन् २०३० सम्ममा ८ ओटा विद्युतिय गाडीको मोडेल तयार पार्ने र वार्षिक रुपमा ४ लाख विद्युतिय गाडी विक्रि गर्ने लक्ष्य राखेको छ ।

यसमा प्लग इन गर्ने प्रणाली भने हुदैँन् । कम्पनीले डुअल फ्युलको योजना रोखेको छ जसमा लिथियम आयन सेल रहेको ब्याट्री र हाईड्रोजन फ्युल सेल प्रविधि राखेर विद्युतिय गाडी चल्नेछ । जिभी ६० जेनेसिस पहिलो विद्युतिय गाडी हुनेछ ।