कीवर्डहरू -

आईटी ओलम्पियाड कार्यक्रम सम्पन्न

आईटी ओलम्पियाड कार्यक्रम सम्पन्न

आदिम नेसनल कलेजको आयोजना र कोड फर चेन्जको सह-आयोजनामा नेपालमै पहिलोपटक आईटी ओलम्पियाड कार्यक्रम सम्पन्न भएको छ ।

प्रविधिको नवीनतामा विशेष ध्यान राख्दै आएको आदिम कलेज र प्रविधिमा युवाको सशक्तिकरणमा काम गर्दै आएको कोड फर चेन्जले उक्त कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको हो ।

स्थानीय, प्रदेश हुँदै राष्ट्रियस्तरको प्रतिस्पर्धाको मोडालिटीमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न शहरहरुका माध्यमिक विद्यालयहरुले आफ्ना विधार्थीहरुलाई प्रतिष्पर्धामा सहभागी गराएका थिए ।

आफ्ना विद्यार्थीहरुलाई प्रविधिको उपयोग र विकासमा समावेश गराई आफ्नो विद्यालयको नाम चिनाउनुका साथै प्रविधिको नवीनतामा अग्रसर गराई देशको प्राविधिक फड्कोका लागि एउटा ठुलो योगदान गरेको आयोजकले बताएको छ ।

उक्त कार्यक्रम ७ वटा प्रदेशमा संचालन भएको थियो , जसमध्ये ६ वटा प्रदेश बाट १०,१० विद्यालयाहरुले उपस्थिति जनाई प्रतिष्पर्धा गरे भने ३ नम्बर प्रदेशमा २० वटा विद्यालयहरु बीच प्रतिस्पर्धा भई प्रदेशस्तरको प्रतिस्पर्धामा पुगेका थिए ।

हरेक प्रदेशबाट एक/एक वटा विद्यालयलाई प्रतिनिधित्व गर्दै उत्कृष्ट ७ विद्यालयका विधार्थीहरु रास्ट्रियस्तरको प्रतिस्पर्धामा पुगेका थिए ।

उक्त प्रतिष्पर्धाबाट क्रमशः  प्रदेश नम्बर २ को मून लाइट एकेडेमी प्रथम, लुम्बिनी प्रदेशको एपेक्स स्कुल दोश्रो  र सुदुरपस्चिम प्रदेशको लिटल बुद्ध एकेडेमी तेश्रो भएका छन् ।

कार्यक्रम प्रविधिको विकाशको अर्को फड्को भएको बताउँदै विज्ञहरुले उक्त कार्यक्रम नेपालका विद्यालयहरुको शैक्षिक गुणस्तर मापन गर्ने एउटा आधारसमेत बनेको दावी गरेका छन ।

विद्यालयहरुको शैक्षिक गुणस्तर बढाउन हौसला पुग्न सक्ने अनुमानसमेत लगाईएको उक्त कार्यक्रम २०७६ चैत्त ७  मा सुरु भएको थियो भने विभिन्न समस्याका बाबजुद २०७८ भदौ १९ गते भर्चुअल्ली सम्पन्न भएको छ।

परीक्षाले मापन गर्दै आइएको शिक्षा प्रणालीलाई थप प्रयोगात्मक र उपयोगी बनाउन सहयोग पुर्याई प्रविधिमा फड्को मार्ने उद्देश्यले सुरु गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा पुर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहको उपस्थिती रहेको थियो ।

त्रिभुवन विश्वविधालय इन्जिनियरिङ संस्थानका प्राध्यापक डा. सुवर्ण शाक्य विशिस्ट अतिथिको रुपमा उपस्थित रहेका थिए ।

कार्यक्रममा आफ्ना भनाइ राख्दै वक्ताहरुले अबको समय प्रविधिको समय भएकाले ओलम्पियडका आयोजकलाई विशेष धन्यवाद दिदै यस्ता कार्यक्रमहरुलाइ निरन्तरता दिने सल्लाह दिनुका साथै सधैँ सहयोग गर्न तत्पर रहेको बताएका थिए ।

कार्यक्रम आइटी ओलम्पियाड नेपालका प्रेसिडेन्ट शंकर प्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको थियो  ।