कीवर्डहरू -

डिभाइसको अडियो लेभल कानलाई हानी गर्ने छ की छैन् कसरी जाँच गर्ने ? 

डिभाइसको अडियो लेभल कानलाई हानी गर्ने छ की छैन् कसरी जाँच गर्ने ? 

हेडफोन मान्छेहरुको जीवनको महत्वपूर्ण भाग बनिसकेको छ । घरबाटै काम र अध्ययन गर्न थालेपछि भने यसको महत्व झनै बढदै गएको छ ।

भिडियो कन्फेरेन्स र अरु साधारण कलहरु दर एकदमै बढदै गएकाले हामीले हेडफोनको प्रयोग पनि बढाएका छौँ ।

गीत सुन्दा पनि ईयरफोन र हेडफोनलेनै साथ दिदै आएको छ । तर आवाजको डेसिबल हाम्रो लागि सुरक्षित छ की छैन् भनेर कसरी हेर्ने ? आज हामी यसैको बारेमा जानकारी दिदैछौं ।

ल्यापटपमा डेसिबल लेभल जाँच गर्न

ल्यापटपमा डेसिबल लेभल जाँच गर्न थर्ड पार्टी एपहरुनै उपयुक्त हुने गर्दछन् । दुवै गूगल क्रोम र माइक्रोसफ्टमा डेसिबल लेभल जाँच गर्न दिने एक्सटेन्सन हुने गर्दछ ।

गूगल क्रोममका लागि

पहिले क्रोम वेबस्टोर खोल्नुपर्छ त्यसपछि एक्सटेन्सन ट्याबमा थिचेर डेसिबल लेभल वा साउण्ड मिटर सर्च गर्नुपर्छ । त्यसपछि डाउनलोड गरेर इन्स्टल गर्नुपर्छ ।

आईफोनमा डेसिबल लेभल जाँच गर्न

यसका लागि पहिले सेटिङ्गमा गएर कन्ट्रोल सेन्टरमा थिच्नुपर्छ । त्यहाँ तपाईले हियरिङ अप्सन पाउन सक्नुहुनेछ र त्यसलाई कन्ट्रोल सेन्टरमा जोडन प्लस साइनमा थिच्नुपर्छ ।

अब आफ्नो हेडफोन वा ईयरफोनलाई कनेक्ट गरेर लगाउनुपर्छ । त्यसपछि कन्ट्रोल सेन्टरमा थिचेर हियरिङ आईकनमा थिच्नुपर्छ । आईफोनमा कुनै गीत वा अडियो हेरेर डेसिबल लेभल थाहापाउन सकिन्छ ।

एन्ड्रोईड फोनमा डेसिबल लेभल जाँच गर्न

एन्ड्रोईड फोनमा डेसिबल लेभल जाँच गर्ने सेटिङ्गमानै अप्सन छ । यसको लागि गूगलको प्ले स्टोरको थर्ड पार्टी एपहरु डाउनलोड गर्न सकिन्छ । चर्चित एपमा डेसिबल मिटर, साउण्ड मिटर, डिबी मिटर जस्ता एपहरु रहेका छन् ।