कीवर्डहरू -

भक्सवागनको विद्युतीय गाडी प्राकृतिक सामाग्रीले निर्माण गरिने 

भक्सवागनको विद्युतीय गाडी प्राकृतिक सामाग्रीले निर्माण गरिने 

भक्सवागेनको आईडी लाइफ नामक विद्युतीय गाडी सन् २०२५ मा सार्वजनिक हुने भएको छ । आईडी लाइफमा २३१ हर्सपावर मोटर र ५७ किलोवाट ब्याट्री प्याक हुनेछ । यो एक चार्जमा २५० माइलसम्म चल्न सक्नेछ ।

यसमा रङ्गको ठाउँमा काठको टुक्राले प्राकृतिक रङ्ग लगाइएको छ । आईडी लाइफले विद्युतीय गाडीले वातावरणलाई कतिको सुरक्षा प्रदान गर्छ पनि जनाउने लक्ष्य राखेको छ ।

गाडीको माथिल्लो भाग सत प्रतिशत रिसाइकल गरिएको पिईटी बोटेलले निर्माण गरिएको छ । त्यस्तै गाडीको ड्यासबोर्ड पनि काठले निर्माण गरिएको हुनेछ ।

सिटहरु प्राकृतिक रबर, बायो तेलले बनाईएको हुनेछ र चक्का चामलको भुसले बनाइनेछ । सिटलाई पुरै तलसम्म फोल्ड गर्न मिल्ने बनाउने कम्पनीको लक्ष्य रहेको छ । गाडीमा स्मार्टफोन प्लगइन गर्ने ठाउँ पनि हुनेछ । यसको मूल्य २३ हजार ७०० डलर रहेको कम्पनीले बताएको छ ।