कीवर्डहरू -

ह्वाट्सएपले प्रयोगकर्ताको ‘लास्ट सिन’ स्टाटस बेग्लाबेग्लै सम्पर्कका लागि आफूखुशी ब्लक गर्न दिने

ह्वाट्सएपले प्रयोगकर्ताको ‘लास्ट सिन’ स्टाटस बेग्लाबेग्लै सम्पर्कका लागि आफूखुशी ब्लक गर्न दिने

ह्वाट्सएपले प्रयोगकर्ताको ‘लास्ट सिन’ स्टाटस बेग्लाबेग्लै सम्पर्कका लागि आफूखुशी राख्न दिने भएको छ । यो भन्दा पहिले ह्वाट्सएप आफ्नो प्राईभेसी नीतिका लागि विवादमा परिसकेको छ ।

त्यस कारण यो आउँदो अपडेटले प्रयोगकर्ताहरूलाई प्राईभेसी सेट्ङिगमा अलि बढि नियन्त्रण लिन दिनेछ । ह्वाट्सएपले केही समय अगाडि तपाईको प्रोफाइल फोटो कसले हेर्न सक्छ भनेर सिमीत गर्नका लागि फिचर ल्याएको थियो ।

यसमा एभरीवान, माई कनट्याक्टस वा नोबडी भन्ने अप्सनबाट छान्न सकिन्छ । अब ‘लास्ट सिन’ स्टाटसका लागि पनि एपले ‘माई कनट्याक्टस एक्सेप्ट...’ भनेर केही सम्पर्कलाई आफूखुशी ‘लास्ट सिन’ स्टाटस हेर्नबाट रोक लगाउन दिन्छ ।

वाबेटाइन्फोले प्रमाण स्वरुप आईओएस एपबाट स्क्रीनसट पनि सेयर गरेको छ र फिचर दुवै आईओएस र एन्ड्रोईडमा उपलब्ध हुने जानकारी दिएको छ । तर तपाईले कुनै सम्पर्कलाई आफ्नो ‘लास्ट सिन’ स्टाटस हेर्नबाट ब्लक गर्नुभयो तपाईले पनि त्यो सम्पर्कको ‘लास्ट सिन’ स्टाटस हेर्न पाउनुहुँदैन् । यो फिचर अहिले पनि निर्माणकै क्रममा रहेको छ ।