कीवर्डहरू -

आईफोन १३ मा १ टेराबाइट स्टोरेज अप्सन हुने

आईफोन १३ मा १ टेराबाइट स्टोरेज अप्सन हुने

आईफोन १३ मा १ टेराबाइट स्टोरेज अप्सन हुने भएको छ । आईफोन १३ मा अरु थुप्रै अपग्रेडहरु पनि आउने बताइएको छ । आईफोन १३ १२८ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेज भेरियन्टमा पनि उपलब्ध हुनेछ ।

१ टेराबाईट स्टोरेज भर्सन पक्कै पनि अरु भन्दा महङ्गो हुनेछ तर यो धेरै मिडिया कन्टेन्ट स्टोर गर्नलाई अझै कामलाग्दो हुने जनाइएको छ । पहिलेका आईफोनहरु ६४ जीबी स्टोरेजबाट सुरु हुने गर्दथ्यो तर आईफोन १३ भने १२८ जिबी स्टोरेज भर्सनबाट सुरु हुनेछ ।

यसमा रहेको एयरपड प्रोमा भएको जस्तैनै हुने विश्लेषक मिङ चुओले बताएका छन् । यसले स्पाटियल अडियो सपोर्ट गर्नेछ तर न्वाइज क्यान्सिलेसनलाई सपोर्ट गर्दैन् । आईफोन १३ को बारेमा भोलि हुने एप्पल कार्यक्रमबाट थप जानकारी पाउन सकिन्छ ।