कीवर्डहरू -

गूगल फोटोजबाट फोटो एल्बम शेयर र फोटो डाउनलोड कसरी गर्ने ?

गूगल फोटोजबाट फोटो एल्बम शेयर र फोटो डाउनलोड कसरी गर्ने ?

तपाई एन्ड्रोईड प्रयोगकर्ता हुनुहुन्छ भने तपाईका धेरैजसो इमेज गूगल फोटोजमै ब्याकअप गरिएको हुनुपर्छ । यसले विभिन्न डिभाइसबाट पनि आफ्नो फोटो हेर्न दिन्छ ।

तपाईको गूगल फोटोजमा पहुँच नभएको तर फोटो एल्बम कसैसँग शेयर र फोटो डाउनलोड गर्नुपरेमा तलको प्रक्रिया प्रयोग गर्न सक्नुहुनेछ ।

ब्राउजरबाट फोटो एल्बम शेयर गर्न

सर्वप्रथम आफ्नो ब्राउजरमा गूगल फोटो वेबसाईट खोल्नुहोस् । त्यसपछि दाँया भागको मेन्युमा रहेको एल्बममा क्लिक गर्नुहोस् ।

सेयर गर्नुपर्ने एल्बम माथि आफ्नो कर्सर लगेर तीन ओटा थोप्ला भएको आइकनमा किलक गर्ने र सेयर एल्बम भन्ने अप्सनमा क्लिक गर्नुपर्छ । यति गरेर सेयर गर्न लागेको मान्छेको इमेल एड्रेस इन्टर गर्नुहोस्  वा अरु सेयर गर्ने माध्यम प्रयोग गर्नुहोस् ।

मोबाइल फोटोज एप प्रयोग गरेर फोटो एल्बम शेयर गर्न

एप खोलेपछि सर्वप्रथम आफ्नो स्क्रीनको तल्लो भागमा रहेको लाइब्रेरीमा क्लिक गर्नुपर्छ । त्यसपछि आफूलाई सेयर गर्नुपर्ने एल्बम सेलेक्ट गरेर सेयर  थिच्नुपर्छ ।

ब्राउजरबाट एल्बमको फोटो डाउनलोड गर्न

डाउनलोड गर्न मन लागेको एल्बम खोल्नुपर्छ र माथिल्लो दाँया भागमा रहेको तीन ओटा थोप्ला भएको आइकनमा किलक गर्नुपर्छ । यसपछि ड्रप डाउन मेन्युबाट डाउनलोड अल भन्ने अप्सन छान्नुपर्ने हुन्छ ।

मोबाइल फोटोज एप प्रयोग गरेर एल्बमको फोटो डाउनलोड गर्न

तपाईले मोबाइल फोटोज एप प्रयोग गरेर एल्बमको फोटो डाउनलोड गर्न सक्नुहुदैन् । मोबाइल फोटोज एप प्रयोग गरेर एल्बम सेयर गर्न मात्रै सकिन्छ ।