कीवर्डहरू -

गूगल सर्चमा डार्क मोड कसरी सुचारु गर्ने ?

गूगल सर्चमा डार्क मोड कसरी सुचारु गर्ने ?

गूगल सर्चमा डार्क मोड उपलब्ध भएको छ । गूगल सर्चमा अहिले सम्म विभिन्न परिवर्तनहरु आएपनि सेतो ब्याकग्राउण्डमा गूगलको रङगी बिरङगी लोगोमा भने कुनै पनि परिवर्तन आएको थिएन ।

तर यसपटक त्यसमा पनि परिवर्तन आएको छ । डार्क मोडका पारखिका लागि गूगलले गूगल सर्चमा पनि डार्क मोड सुविधा ल्याएको छ । यसले डेक्स्टप प्रयोगकर्ताहरुलाई केही हदसम्म सजिलो हुने बताइएको छ ।

डार्क मोडले ब्याकग्राउण्डलाई मात्रै ग्रे नबनाएर गूगल लोगोलाई पनि सेतो बनाईदिने गर्दछ । यो फिचर मोबाइल वेबसाईटमा पनि उपलब्ध हुनेछ । अहिलेका लागि यो डेक्स्टप प्रयोगकर्ताले प्रयोग गर्न पाउने छन् । यसका लागि सुचारु गर्न तलको प्रक्रिया अपनाउनुहोस् ।

सर्वप्रथम आफ्नो ब्राउजरमा गूगल सर्च खोल्नुपर्छ । त्यसपछि माथिल्लो बायाँ भागमा रहेको सेटिङ्गमा थिच्नुपर्छ । अब आफ्नो स्क्रीनको बायाँ भागमा अपिरियन्स भन्ने अप्सन खोज्नुपर्छ ।

त्यहाँ डिभाइस डिफल्ट, डार्क वा लाईट भनेर अप्सन आउने गर्दछ । उक्त डार्क मोडमा क्लिक गर्नुहोस् । त्यसपछि स्क्रीनको तल्लो भागमा रहेको सेभमा थिच्नुपर्छ । अनि डार्क मोड प्रयोग गर्न सकिन्छ ।