कीवर्डहरू -

चीनले सबै क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउने

चीनले सबै क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउने

चीनले सबै किसिमका क्रिप्टोकरेन्सी कारोबार अवैध हुने घोषणा गरेको छ । चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाले सबै क्रिप्टोकरेन्सी गैरकानूनी रहेको घोषणा गरेको हो ।

भर्चुअल अर्थात् भौतिक अस्तित्वमा नभएका मुद्रासम्बन्धी सबै कारोबार अवैध आर्थिक गतिविधि रहेको केन्द्रीय बैंकले बताएको छ ।

चीन क्रिप्टोकरेन्सीका लागि विश्वका ठूलो मध्येको एक बजार हो । चीनले क्रिप्टोकरेन्सी कारोबार सम्बन्धि गतिविधि मानिसहरूको सम्पत्तिका लागि खतरनाक भएको चेतावनी समेत दिएको छ ।

आधिकारिक रूपमा चीनमा क्रिप्टोकरेन्सीसम्बन्धी कारोबार सन् २०१९ देखि प्रतिबन्धित भए पनि अनलाइनबाट भने विदेशी विनिमय जारी रहँदै आएको छ ।