कीवर्डहरू -

कुनै पनि सामान चाहियो ? अब फ्याबबडले तपाई भएकै घरमा गर्नेछ डेलिभरी

कुनै पनि सामान चाहियो ? अब फ्याबबडले तपाई भएकै घरमा गर्नेछ डेलिभरी

के तपाईलाई काठमाडौं, ललितपुर र भक्तपुरका कुनै पनि स्टोरबाट सामान ल्याउनु पर्नेछ ? उक्त सामान कसैले आफु भएको ठाउँमा ल्याइदिओस् भन्ने चाहनुभएको छ ? यदी त्यसो हो भने अब चिन्ता नलिनुहोस् ।

अब तपाई भएकै ठाउँमा ल्याइदिनेछ, फ्याबबडले । फ्याबबड नेपालको पहिलो ओटुओ र हाइपर लोकल डेलिभरी प्लेटफर्म हो । फ्याबबडले तरकारी, फलफुल, औषधि, फुड लगायतका सामान डेलिभरी गर्दै आएको छ । साथै सम्बन्धित ठाउँमा डकुमेन्ट पुर्‍याउने वा छुटेको सामान पनि पुर्‍याउने काम गर्दै आएको छ ।

स्थानीय अफलाइन बिजनेसलाई सहयोग गर्न फ्याबबड स्थापना भएको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नहकुल भण्डारीले बताए। तपाईलाई चाहिएको कुनै पनि सामान फ्याबबडबाट अब घरमै मगाउन सकिने छ । फ्याबबडको वेबसाइटमा गएर अर्डर गर्न सकिने छ ।

‘काठमाडौं, ललितपुर र भुक्तपुरको जुनसुकै स्टोरबाट पनि ग्राहकले आफुलाई चाहिएको सामान मगाउन सक्छन्,’ उनले आइसिटी समाचारसँग भने । फ्याबबडको सेवा अहिले काठमाडौं, भक्तपुर र ललितपुरमा उपलब्ध रहेको छ । विस्तारै देशका अन्य शहरमा पनि विस्तार गर्ने कम्पनीको योजना रहेको छ ।

हाल त्यसका लागि रिसर्च भइरहेको छ । अहिलेका लागि डेलिभरी शुल्कको बेस रेट ३० रूपैयाँ तय गरिएको छ, जसमा प्रत्येक किलोमिटर अनुसार १५ रूपैयाँ थप हुनेछ । यसमा आफ्नो सामानको लाइभ ट्रयाकिङ गर्न समेत सकिने छ ।

प्रयोगकर्ताहरूबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको उनी बताउँछन् । ‘अहिलेसम्म हामीले मार्केटिङ चाहिँ गरेका छैनौं । क्याम्पेनहरू तयारी गरिरहेका छौं,’ भण्डारीले भने, ‘अहिले हामीले ४ वटा रेष्टुरेन्ट, ४ वटा ई-कमर्श बिजनेसलाई सेवा दिइरहेका छौं ।’ हाल प्रयोगकर्ताहरूको रजिष्ट्रेसन नभएकाले प्रयोगकर्ताको डेटा नभएको उनले बताए ।

तर पनि ३० भन्दा बढी व्यक्तिगत प्रयोगकर्तालाई सेवा दिइसकेको उनको भनाइ छ । तपाईलाई चाहिएको कुनै पनि सामान फ्याबबडले किनेर तपाईको घरमै डेलिभरी गर्नेछ । त्यसपछि तपाईले उक्त सामानको बिल अनुसारको रकम र डेलिभरी शुल्क दिनुपर्नेछ ।

पीक एण्ड ड्रपका लागि कम्पनीले दशैं पछि एउटै प्लेफर्म नै सार्वजनिक गर्ने उनले बताए । उनीहरूको समूहले फ्याबक्याब नामक राइड शेयरिङ प्लेटफर्म पनि सञ्चालनमा ल्याएको थियो । तर पहिलो लकडाउनदेखि बन्द छ । २०१८ मा उनीहरूले सुपर एप सार्वजनिक गर्ने भनेर रिसर्च गरेका थिए ।

\"\"

‘त्यो समयमा सुपर एपमा कम्फ्युजन भएर शुरूमा राईड शेयरिङ प्लेटफर्म शुरू गर्ने र त्यसपछि हाईपर लुप डेलिभरी सेवा थप्ने योजना थियो,’ उनी भन्छन, ‘अहिले हामीहरू सुपर एपमा काम गरिरहेको छौं ।’

सुपर एपबाट राइड, फुड, ग्रोसरी, मेडिसिन, प्याकेजेज लगायतका सेवा पाइने छन् । साथै आफुलाई मन पर्ने पसलबाट सामान मगाउन सकिने छ ।

सुपर एप ७० देखि ८० प्रतिशतसम्म काम सम्पन्न भइसकेको भण्डारीले बताए । तिहारपछि सुपर एप सार्वजनिक गर्ने योजना कम्पनीको छ । उनले अगाडि भने ‘अहिले सुपर एपका लागि परीक्षण सँग सँगै प्रडक्ट डेभलपमेन्टको काम भइरहेको छ ।