कीवर्डहरू -

नेपालमा आइफोन १३, मूल्य १ लाख ३८ हजारदेखि २ लाख ६ हजारसम्म

नेपालमा आइफोन १३, मूल्य १ लाख ३८ हजारदेखि २ लाख ६ हजारसम्म

एप्पलले १३औ संस्करणको आइफोन सार्बजनिक गरेपछि विश्वभर प्रि प्रि-बुकिङ र खरिद गर्ने होडबाजी नै चलेको छ । नेपालमा पनि आइफोन १३ सिरिजका विभिन्न मोडलहरुको प्रि-बुकिङ खुलेको छ।

एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनेरेसन नेक्स्टले आइफोन १३ सिरिजका विभिन्न ९ वटा मोडलहरुको प्रि-बुकिङ खोलेको जनाएको छ। आइफोन १३, १३ प्रो, १३ प्रो म्याक्सको प्रि-अर्डर गर्ने ग्राहकहरुलाई आगामी कात्तिक १२ देखि स्मार्टफोन डेलिभरी गर्ने कम्पनीले जनाएको छ। 


आइफोन १३ प्रो म्याक्स- २५८ जीबीको दुई लाख पाँच हजार ९०० रुपैयाँ, आइफोन १३- १२८ जीबीको एक लाख ३७ हजार ९०० रुपैयाँ, प्रो म्याक्स-१२८ जीबीको एक लाख ८९ हजार ९०० रुपैयाँ, १३ प्रो- १२८ जीबीको एक लाख ७४ हजार ९०० रुपैयाँ र १३ प्रो- २५६ जीबीको एक लाख ८९ हजार ९०० रुपैयाँ पर्ने ट्रेडिङले जनाएको छ।

 
त्यसैगरी, १३ मिनी- १२८ जीबीको एक लाख २० हजार ९०० रुपैयाँ, १३- २५६ जीबीको एक लाख ५४ हजार ९०० रुपैयाँ, १३- ५१२ जीबीको एक लाख ८९ हजार ९०० रुपैयाँ र १३ मिनी- २५६ जीबीको एक लाख ३७ हजार ९०० रुपैयाँ पर्ने कम्पनिले जनाएको छ।