कीवर्डहरू -

नेपाली बजारमा आईफोन १३ सिरिज सार्वजनिक हुँदै , कसको मूल्य कति ? 

नेपाली बजारमा आईफोन १३ सिरिज सार्वजनिक हुँदै , कसको मूल्य कति ? 

नेपाली बजारमा आउँदो कात्तिक १२ गते अर्थात अक्टोबर २९ मा आईफोन १३ सिरिज सार्वजनिक हुँदै छ । नेपाली उपभोक्तालाई आईफोन उपलब्ध गराउनका निम्ति नेपालस्थित आधिकारिक विक्रेता जेनेरेशन नेक्स्टले नेपाली बजारमा आईफोनको पछिल्लो संस्करण ल्याउन लागेको हो ।

कम्पनीले नेपाली उपभोक्ताका लागि प्रि–बुकिङ पनि खुलाएको छ । ग्राहकले इभो स्टोर र ओलिज स्टोरका साथै आईफोनका रिटेल स्टोरबाट आईएमई पेमार्फत् आईफोन १३ सिरिज अर्डर गर्नसक्ने छन् ।

नेपाली बजारमा आईफोन १३ सिरिज अन्तर्गत चार मोडलका विभिन्न १५ स्टोरेज भेरियन्टको प्रि–बुकिङ खुलाइएको छ । यस अवधिमा अर्डर गर्ने ग्राहकले ३० हजार मूल्यका विभिन्न अफर प्राप्त गर्नेछन् ।

कहाँको कुपनले कति छुट ?

एभरेष्ट होटेल - १५ प्रतिशत छुट

रोडहाउस क्याफे - १० प्रतिशत छुट

बिङ ह्युमन - १० प्रतिशत छुट

निल डयाभिड सलोन - १० प्रतिशत छुट

भेन्टुरिनी सुज - १० प्रतिशत छुट

बाईकर मार्ट - १० प्रतिशत छुट

अर्बन फुड- १५ प्रतिशत छुट

केज फिटनेस- १५ प्रतिशत छुट

राईट च्वाईस नेपाल -२५ प्रतिशत छुट

अप्सन डरबारमार्ग - ५० प्रतिशत छुट

कसको मूल्य कति ?

आईफोन १३ मिनी (१२८ जीबी)    १,२०,९००/–

आईफोन १३ मिनी (२५६ जीबी)    १,३७,९००/–

आईफोन १३ मिनी (५१२ जीबी)    १,७१,९००/-

आईफोन १३ (१२८ जीबी)    १,३७,९००/-

आईफोन १३ (२५६ जीबी)    १,५४,९००/–

आईफोन १३ (५१२ जीबी)    १,८९,९००/–

आईफोन १३ प्रो (१२८ जीबी)    १,७४,९००/–

आईफोन १३ प्रो (२५६ जीबी)    १,८९,९००/–

आईफोन १३ प्रो (५१२ जीबी)    २,२४,९००/-

आईफोन १३ प्रो (१ टीबी)    २,५५,९९०/-

आईफोन १३ प्रो म्याक्स (१२८ जीबी)    १,८९,९००/–

आईफोन १३ प्रो म्याक्स (२५६ जीबी)    २,०५,९००/–

आईफोन १३ प्रो म्याक्स (५१२ जीबी)    २,३९,९९०/–

आईफोन १३ प्रो म्याक्स (१ टीबी)    २,७४,९९०/-