कीवर्डहरू -

कुमारी बैंक र रोडीयो क्याफेबीच व्यवसायिक साझेदारीको सम्झौता

कुमारी बैंक र रोडीयो क्याफेबीच व्यवसायिक साझेदारीको सम्झौता

कुमारी बैंक लिमिटेड र खुसुबूँस्थित रोडीयो क्याफे एण्ड बार प्राइभेट लिमिटेडबीच व्यवसायिक साझेदारीको सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकले कुमारी बैंकको डेबिट/क्रेडिट कार्डमार्फत क्याफेको बिल पेमेन्ट गर्दा ग्राहकलाई विशेष छुट दिने जनाएको छ ।

सोमबार राजधानी आयोजित एक कार्यक्रमकाबीच दुई कम्पनीहरु यस्तो सहमति गरेका हुन् । बैंक तर्फबाट मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य र क्याफेका तर्फबाट निर्देशक सुचित्रा महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यसका साथै कुमारी बैंकका ग्राहकले रोेडीयो क्याफ एण्ड बारमा विभिन्न आउटलेट तथा खानपिनमा १० प्रतिशतसम्मको छुट समेत प्राप्त गर्न सक्ने  ।