कीवर्डहरू -

नबिल बैंक र पोखरा विश्वविद्यालय बिच साझेदारी

नबिल बैंक र पोखरा विश्वविद्यालय बिच साझेदारी

नबिल बैंकले पोखरा विश्वविद्यालयसगँ दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचकोलागि साझेदारी गरेको छ ।

नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त साझेदारीको मुख्य उद्देश्य नबिल बैंकले पोखरा विश्वविद्यालयको उद्यमशीलता विकासमा स्नातक कार्यक्रम (ब्याचलर अफ इन्टर्नशीप डेभ्लपमेन्ट बिएड कार्यक्रम )  अन्तर्गतका उद्यमशील परियोजना संचालन गरिरहेका उद्यमी विद्यार्थीहरुलाई कर्जा उपलब्ध गराई उद्यमशीलता विकास गर्ने रहेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले यस सम्झौताले नबिल बैंक र पोखरा विश्वविद्यालयको सम्बन्धमा नयाँ आयाम थपेको बताउनु भयो । उद्यम गर्ने सोच सँगै त्यस सम्बन्धी ज्ञान हासिल गरेका युवाहरुमा रोजगारी र उद्यमशीलता विकास गरि सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताएका छन् ।

त्यस्तै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेम नारायण अर्याल, रजिष्ट्रार डा. दिपक बहादुर भण्डारी तथा मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले नबिल बैंकको यस नयाँ सोचको प्रसंसा गर्दै नबिल दिगो बैंकिङ कार्यक्रमको सफलताको शुभकामना सहित यस्का लागि विश्वविद्यालयको सधै सहयोग रहने समेत बताए ।