कीवर्डहरू -

इसेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

इसेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

पछिल्ला दिनमा स्वदेश तथा विदेशमा व्यापक रुपमा कारोवार विस्तार गर्दै बजार हिस्सा बढाइरहेको इसेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

यस सम्झौतासँगै अब विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका नेपालमा रहेका कुनैपनि शाखाकार्यालयबाट भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । यसैगरी बैंकका खाता सञ्चालन भएका सम्पुर्ण ग्राहकहरुले विदेशबाट पठाएको रेमिट्यान्स् सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न कम्पनीले जनाएको छ ।

यस्तै, शाइन रेसुङ्गा स्मार्ट अर्थात यस बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरेर इसेवा मनी ट्रान्सफर मार्फत नेपालभरी रहेका इसेवाका नेटवर्क मार्फत जुनसुकै ठाउमा रेमिट्यान्स् पठाउन र जुनसुकै ठाउँवाट पठाएको रकम प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

सम्झौतामा इसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेस कोइराला र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले हस्ताक्षर गरेका हुन् ।