कीवर्डहरू -

२७० जना नयाँ कर्मचारी भर्ना गर्दै नेपाल टेलिकम, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

२७० जना नयाँ कर्मचारी भर्ना गर्दै नेपाल टेलिकम, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

नेपाल टेलिकमले विभिन्न २० पदमा २७० जना नयाँ कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै टेलिकमले उपप्रबन्धकदेखि जुनियर टेक्निसियन २७० जना कर्मचारी माग गरेको हो ।

टेलिकमले उपप्रबन्धक टेलिकम ३ जना, उपप्रबन्धक लेखा १ जना, उपप्रबन्धक प्रशासन १ जना, वरिष्ठ टेलिकम इन्जिनियर २ जना, वरिष्ठ लेखा अधिकृत ४ जना, वरिष्ठ प्रशासकीय अधिकृत २ जना, वरिष्ठ व्यापार अधिकृत १ जना माग गरेको छ ।

त्यस्तै टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन) ४८ जना, टेलिकम इन्जिनियर (कम्प्युटर/इलेक्ट्रिकल) ३२ जना र सिभिल इन्जिनियर ९ जना, सहायक लेखा अधिकृत १३ जना, सहायक प्रशासकीय अधिकृत १३ जना, सहायक व्यापार अधिकृत ११ जना माग गरेको छ ।

त्यस्तै ओभरसियर १५ जना, टेक्निसियन ५३ जना, सहायक २८ जना र जुनियर टेक्निसियन ३४ जनालाई टेलिकममा रोजगारीको अवसर रहेको छ ।

टेलिकमले इच्छुक पदमा अनलाइनबाट आवेदन दिन आह्वान गरेको छ । आवेदन दिने अन्तिम समय मंसिर २३ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर पुस १ गतेसम्म आवेदन दिन सकिोने छ ।

आवेदकले नेपाली नागरिकको प्रमाणपत्र, हालसालै खिचेको पासपोर्ट साइज फोटो, दस्तखतको नमूना, शैक्षिक योग्यताको प्रमाणपत्र लगायतका अनलाइनबाट अपलोड गर्नुपर्नेछ ।

इच्छुक व्यक्तिले यहाँ क्लिक गरी आवेदन दिन सकिने छ । परीक्षाको दस्तुर नमस्ते पे, कनेक्ट आईपीएस, इसेवा र खल्तीबाट भुक्तानी गर्न सकिने छ । परीक्षा लोकसेवा आयोगकले तोकेको मिति, समय र केन्द्रमा काठमाडौंमा सञ्चालन हुनेछ ।

हेर्नुहोस् सूचना

\"\"

\"\"

\"\"

\"\"