कीवर्डहरू -

टेलिकमका प्रयोगकर्ताले ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ एप अब निःशुल्क चलाउन सक्ने

टेलिकमका प्रयोगकर्ताले ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ एप अब निःशुल्क चलाउन सक्ने

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ । डिजिटल बैंकिङ्गको क्षेत्रमा ग्लोबल यो नयाँ पहल भएको बैंकले जनाएको छ ।

नेपाल टेलिकमको सिम भएका ग्राहकहरूलाई मात्र उपलब्ध हुने यो सुविधा ग्राहकहरूलाई नवीनतम प्रविधिमा अभ्यस्त गराउँदै बैंक नै आफ्नो हातमा पुर्‍याउने उद्देश्यसाथ थालिएको बैंकको दाबी छ ।

यो सुविधा प्रदान गर्न बैंक लिमिटेड र नेपाल टेलिकमबीच समझदारी पत्रमा मंगलबार हस्ताक्षर भइसकेको छ ।समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडको बजार तथा व्यवसाय प्रवर्द्धन प्रमुख शान्ता शिवाकोटी र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यापार अधिकृत संगीता पहाडीले हस्ताक्षर गरेका हुन् ।

देशभर ग्लोबल आइएमई बैंकका ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २६३ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय छन् ।