कीवर्डहरू -

आईफोन १४ का लागि एप्पलले डिजाइन गर्‍यो फाइभजी मोडेम

आईफोन १४ का लागि एप्पलले डिजाइन गर्‍यो फाइभजी मोडेम

आईफोन १४ का लागि एप्पलले फाइभजी मोडेम डिजाइन गरेको छ । सन् २०२३ मा सार्वजनिक हुने आइफोनका लागि कम्पनीले फाइभजी मोडेम डिजाइन गरेको हो ।

यसका लागि कम्पनीले ताईवान सेमिकण्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टिएसएमसी) सँग सहकार्य गरेर काम गरिरहेको छ । एप्पलले ४ न्यानोमिटरको चिप बनाउन खेजिरहेको छ ।

एप्पलले सन् २०२३ देखि आफूले डिजाइन गरेको मोडेम मात्रै प्रयोग गर्ने बताइएको छ । आईफोनको सबै ए सिरिज सिपियु र म्याक कम्प्युटरका लागि एमवान चिप पनि टिएसएमसिलेनै बनाईरहेको छ । टिएसएमसका सयौँ इन्जिनियरहरु एप्पलको चिप विकासगर्ने टिमसँग काम गर्दै आएका छन् ।