कीवर्डहरू -

आईएमई पे मार्फत भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक पाउन सकिने

आईएमई पे मार्फत भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक पाउन सकिने

शुक्रबारदेखि आईएमई पे क्यासब्याक अफर सार्वजनिक भएको छ । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ को सेवाग्राही केन्द्रीत २० प्रतिशत क्यास ब्याक योजना मङ्सिर १० गतेदेखि सार्वजनिक भएको हो ।

यस योजना अन्तर्गत आईएमई पे सेवाग्राहीहरूले नेपाल भरीका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २० प्रतिशत वा ३०० रुपैयाँसम्म क्यासब्याक अफर पाउनेछन् ।

उक्त योजना सार्वजनिक गरिएको अवसरमा आईएमई पे का प्रमुख कार्यकारी अधिकृत श्री विकास नाहाटाले सोही योजना सार्वजनिक गर्दा सम्पूर्ण सेवाग्राहीहरू अझ बढी प्रोत्साहित हुने र सेवाग्राहीहरूले क्यासब्याक मार्फत भरपुर फाइदा उठाउन सक्ने खुसीयाली व्यक्त गरेका छन् ।

उक्त अफरमा आईएमई पे मा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरू भाग लिन पाउनेछन् । यो एक पटकको वैध योजना हो, जसको अर्थ प्रति प्रयोग १ क्यास ब्याक हुनेछ ।