कीवर्डहरू -

क्युआरमा आधारित जियो पे, रिपिट क्युआर पेमेन्ट र स्पेन्डिङ एनालाइसिस फिचर ल्याउँदै मोरू

क्युआरमा आधारित जियो पे, रिपिट क्युआर पेमेन्ट र स्पेन्डिङ एनालाइसिस फिचर ल्याउँदै मोरू

मोरू डिजिटल वालेटले क्युआरमा आधारित जियो पे, रिपिट क्युआर पेमेन्ट र स्पेन्डिङ एनालाइसिस फिचर ल्याउने घोषणा गरेको छ । 

सोमबार फोनपेसँग साझेदारी गर्ने क्रममा मोरूका सीईओ श्रीष पौडेलले क्युआरमा आधारित जियो पे, रिपिट क्युआर पेमेन्ट र स्पेन्डिङ एनालाइसिस फिचर ल्याउने प्रतिबद्धता जनाएका हुन् । 

नेपालमै पहिलो पटक इन्टर वालेट ट्रान्सफर सुविधा ल्याएको मोरू डिजिटल वालेटलले सधैं नवीनतम् सेवामा जोड दिएको पौडेलको भनाइ छ । 

५ लाख बढीले प्रयोग गर्दै आएको मोरू डिजिटल वालेटमा निःशुल्क बैंक ट्रान्सफर, ल्याण्डलाइन र टपअपमा ३ प्रतिशत बोनस, फ्लाइटमा कम्तिमा पनि १५० रूपैयाँ बोनस लगायका सुविधा छन् । 

मोरूले अहिलेसम्म ३ अर्बको कारोबारलाई डिजिटाइज गरिसकेको छ । पछिल्लो समय मोरूले डिजिटल लेन्डिङमा समेत काम गरिरहेका रहेको छ ।