कीवर्डहरू -

आईफोनमा यसरी चेक गर्नुहोस् ‘ब्याट्री हेल्थ’

आईफोनमा यसरी चेक गर्नुहोस् ‘ब्याट्री हेल्थ’

स्मार्टफोन प्रयोग गर्दै जाँदा ब्याट्री लाइफ घट्नु सामान्य नै हो । जब तपाईको फोन २ वर्ष पुरानो हुन्छ यसले नयाँ हुँदाको जस्तो त्यति धेरै चार्ज होल्ड गर्न सक्दैन् । यसलाई ब्याट्री हेल्थ अर्थात ब्याट्री स्वास्थ्य भनिन्छ ।

आईफोनले आईओएस ११.३ वा त्यो भन्दा माथिका संस्करणमा ब्याट्रीको लाइफ चेक गर्ने सुविधा दिएको छ । यो काम सजिलो छ । एक दुई ट्याप गरेकै भरमा तपाईले आफ्नो ब्याट्रीको स्वास्थ्य थाहा पाउन सक्नुहुन्छ ।

यस्तो छ ब्याट्री लाइफ थाहा पाउने तरिका

शुरूमा तपाईको आईफोनको सेटिङमा जानुहोस् । त्यसपछि स्क्रोल डाउन गर्नुहोस् र ब्याट्रीमा ट्याप गर्नुहोस् । अनि ब्याट्री हेल्थमा सेलेक्ट गर्नुहोस् ।

त्यसपछि त्यहाँ ब्याट्री हेल्थको प्रतिशत देखाउँछ । जति धेरै ब्याट्री हेल्थको प्रतिशत भयो उति राम्रो हुन्छ । उदाहरणका लागि ९५ प्रतिशतको अर्थ यो हो की, जब ब्याट्री फुल हुन्छ त्यसले फ्याक्टीबाट आएको ९५ प्रतिशत चार्ज होल्ड गर्न सक्छ ।

सामान्यतया तपाईको ब्याट्रीले यसको मुल चार्जको ८० प्रतिशत वा कम होल्ड गर्दा तपाईलाई परफर्मेन्स घटेको थाहा हुन्छ । यदी तपाईको ब्याट्री एकदमै खराब छ भने नयाँ ब्याट्री राख्न सक्नुहुन्छ वा डिभाइस नै अपग्रेड गर्न सक्नुहुन्छ ।

यो पनि पढ्नुहोस्ः के तपाईको आईफोनको चार्ज चाँडै सकिन्छ ? यस्ता छन् लामो समयसम्म ब्याट्री टिकाउने ७ उपाय