कीवर्डहरू -

हेलो नेपालको लाइसेन्स खारेज

हेलो नेपालको लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) प्रालिको लाइसेन्स खारेज गरेको छ । मंसिर १० गते शुक्रबार बसेको प्राधिकरणको बोर्ड बैठकले हेलो नेपालको अनुमति पत्र खारेज गरेको हो ।

शुक्रबार बसेको बोर्ड बैठकले लाइसेन्स खारेज गरेको प्राधिकरणका सह प्रवक्ता अच्युतानन्द मिश्रले बताए । प्राधिकरणले यसअघि २०७६ साउनमा हेलो नेपालको लाइसेन्स खारेज गरेको थियो । तर हेलो नेपाल प्राधिकरणको उक्त निर्णय विरूद्ध पुनरावलोकनमा गएको थियो ।

सोही अनुसार २०७६ पुसमा प्राधिकरणको उक्त निर्यय उल्ट्याउँदै मन्त्रीपरिषदले ५ किस्तामा सबै वक्यौता रकम तिर्न सक्ने सुविधा दिएको थियो ।

पहिलो किस्ता आर्थिक वर्ष २०७६/७७ को असार मसान्त्रभित्रै र बाँकी चार किस्तामध्ये प्रति वर्ष एक किस्ताका दरले प्रत्येक आर्थिक वर्षको असार मसान्त्रभित्रै बुझाउनुपर्ने रकम समेत नबुझाएमा प्रचलित कानून बमोजिम अनुमति पत्र खारेज गर्नेलगायतका कारबाही हुने निर्णय मन्त्रीपरिषदले गरेको थियो ।

तर सरकारले दिएको उक्त सुविधा अनुसार नेपाल स्याटेलाइट टेलिकमले पहिलो किस्ता मात्रै बुझाएको र बाँकी बक्यौता रकम नबुझाएपछि लाइसेन्स खारेज गरिएको मिश्रले जानकारी दिए ।