कीवर्डहरू -

फाइभजीको विकासका लागि गुरू योजना बनाउँदै प्राधिकरण, माग्यो परामर्शदाताको आशयपत्र

फाइभजीको विकासका लागि गुरू योजना बनाउँदै प्राधिकरण, माग्यो परामर्शदाताको आशयपत्र

नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजीको विकास र प्रवर्द्धनका लागि गुरू कार्य योजना अर्थात मास्टर एक्सन प्लान बनाउने भएको छ ।

फाइभजीको विकास र प्रवर्द्धनको गुरु कार्य योजना बनाउनका लागि मूल्यांकन र विस्तृत प्रतिवेदन तयार गर्न प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै राष्ट्रिय परामर्शदाताको आशयपत्र माग गरेको हो ।

इच्छुक परामर्शदाताले आगामी जनवरी ९ सम्म आशयपत्र पेश गर्न सक्ने छन् । आशयपत्रका लागि डकुमेन्ट नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय, वेबसाइट र बोलपत्र डटजीओभी डटएनपीबाट लिन सकिने छ ।

आशयपत्रको मूल्यांकन ४० प्रतिशत योग्यता, ५० प्रतिशत अनुभव र १० प्रतिशत क्षमताको आधारमा हुनेछ । आशयपत्रमा पास हुन न्यूनतम अकं ६० रहेको छ ।

फाइभजी प्रयोग गरेर देशमा डिजिटल परिवर्तन ल्याउनका लागि प्राधिकरणले फाइभजीको विकास र प्रवर्द्धनको गुरुयोजना बनाउने भएको हो ।