कीवर्डहरू -

नेपालमा फोरजीका प्रयोगकर्ता करिब १ करोड ३८ लाख, एक महिनामै ९ लाखको वृद्धि 

नेपालमा फोरजीका प्रयोगकर्ता करिब १ करोड ३८ लाख, एक महिनामै ९ लाखको वृद्धि 

नेपालमा करिब १ करोड ३८ लाखले फोरजी प्रयोग गर्ने गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको कार्तिक महिनाको एमआईएस रिपोर्टका अनुसार नेपालमा फोरजी प्रयोगकर्ता १ करोड ३७ लाख ८७ हजार ४१९ रहेका छन् ।

गत असोजको तुलनामा कात्तिकमा फोरजीका ग्राहक ९ लाख २७ हजार २७८ ले बढेका छन् । गत असोजमा फोरजी प्रयोगकर्ता १ करोड २८ लाख ६० हजार १४१ रहेको प्राधिकरणको एमआईएस रिपोर्टमा उल्लेख छ ।

यो एक महिनाको अविधिमा नेपाल टेलिकमले ८ लाख फोरजी प्रयोगकर्ता बढाएको छ भने एनसेलले करिब १ लाख फोरजी प्रयोगकर्ता बढाएको छ । टेलिकम र एनसेलले फोरजी प्रयोगकर्ता बढाउँदा स्मार्ट टेलिकमका भने फोरजी ग्राहक घटेका छन् ।

कात्तिकको एमआईएस रिपोर्टका अनुसार सबैभन्दा बढी फोरजी प्रयोगकर्ता नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का रहेका छन् । टेलिकमका ७४ लाख ८५ हजार ४३० फोरजी ग्राहक छन् ।

त्यस्तै दोस्रो नम्बर एनसेल रहेको छ । जसका फोरजी प्रयोगकर्ता ६१ लाख ४८ हजार २४४ रहेका छन् । साथै स्मार्ट टेलिकमका १ लाख ५३ हजार ७४५ फोरजी प्रयोगकर्ता छन् । पछिल्लो समय नेपाल टेलिकम र एनसेलले गाउँ गाउँमा फोरजी विस्तार गरिरहेका छन् ।