कीवर्डहरू -

यी हुन् नेपालका टप सेभेन इन्टरनेट सेवा प्रदायक

यी हुन् नेपालका टप सेभेन इन्टरनेट सेवा प्रदायक

नेपाल दूरसञ्चार प्राधिकरणले २०७८ साल कार्तिक महिनाको एमआईएस  रिपोर्ट सार्वजनिक गरेको छ । यस रिपोर्टमा नेपालको दूरसञ्चार क्षेत्रका गतिविधिहरू बारे जानकारी दिइन्छ ।
उक्त प्रतिवेदनमा इन्टरनेट सेवा प्रदायक र उनीहरूको ग्राहक संख्या समेत समेटिन्छ । आउनुहोस् जानौं कात्तिकको एमआईएस रिपोर्ट अनुसार ग्राहक संख्याको आधारमा नेपालका सात इन्टरनेट सेवा प्रदायक ।

वर्ल्डलिंक
कात्तिकसम्म वर्ल्डलिंकका ५ लाख ५० हजार ५७९ ग्राहक छन् । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक  वर्ल्डलिंकले मात्रै नेपालको ३० प्रतिशत ग्राहकको हिस्सा ओगटेको छ ।
हालसालै वर्ल्डलिंकले फोटोन ६०० सिरीज ल्याएको छ, जस अतर्गत सस्तो मुल्यमै ६०० एमबीपीएसको ईन्टरनेट स्पीड प्रदान गरिरहेको छ ।

नेपाल टेलिकम
इन्टरनेट सेवा प्रदायक बजारमा नेपाल टेलिकम १७ प्रतिशत ग्राहक हिस्सासहित दोस्रो ठुलो आईएसपी हो ।  टेलिकमका ग्राहक ३ लाख ८७ हजार ९१ रहेका छन् । पछिल्लो समय टेलिकम फाइबर विस्तारमा आक्रामक रूपमा अगाडि बढेको छ ।

सुबिसु
कात्तिकसम्म सुबिसुका २ लाख ४३ हजार ७३३ प्रयोगकर्ता छन् । यसले नेपालमा आईएसपी बजारको ग्राहकको आधारमा १३ प्रतिशत हिस्सा ओगटेको छ ।

क्लासिक टेक
कात्तिकसम्मको तथ्यांक हर्दा १ लाख ८८ हजार ३०३ ग्राहकसहित क्लासिक टेकले १० प्रतिसत हिस्सा ओगटेको छ ।
क्लासिक टेकले इन्टरनेटको स्पीड 650 प्रतिशतले नि:शुल्क अपग्रेड पनि गरिरहेको छ । साथै यस कम्पनीले टाकियन १ जीबीपीएस ईन्टरनेट र वाईफाई सिक्स ल्याउने तयारी गरेको छ।

भायानेट
१ लाख ५५ हजार ७६९ ग्राहकसहित भायानेट चौथों स्थानमा रहेको छ । यसले नेपालको कुल आईएसपी मार्केट ग्राहक हिस्सा ८ प्रतिशत ओगटेको छ । कम्पनीले हालै नयाँ वर्षलाई लक्षित गरेर मिनी प्याक अफर ल्याएको छ जसमा मासिक ८०० रूपैयाँमा ७५ एमबीपीएसको ईन्टरनेट र ४८ जीबी मोबाईल  डाटासहित निःशुल्क सिम पाइन्छ ।

वेब सर्फर
कात्तिक मसान्तसम्म आईपुग्दा वेब सर्फरका ग्राहक  ७४ हजार ४२ छन् । यो ग्राहक संख्याको आधारमा नेपालको पाँचौं ठूलो इन्टरनेट सेवा प्रदायक हो । वेब सर्फरले ४ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

टेक माइन्ड्स
ग्राहक संख्याको आधारमा टेक माइन्ड्स छैठौं ठूलो इन्टरनेट सेवा प्रदायक हो । यसका ग्राहक संख्या ६९ हजार ९१३ रहेका छन् ।

ब्रोड लिंक
ब्रोडलिंक नेपालको सातौं ठूलो इन्टरनेट सेवा प्रदायक हो । कात्तिकसम्म ब्रोडलिंकका ग्राहक संख्या ५२ हजार २९३ रहेका छन् ।

यी बाहेक डिशहोम फाइबरनेटका ३८ हजार ४७४, कनेक्ट नेपालका १८ हजार ५७०, एरोनेटका १६ हजार ५६२, सीजी नेटका ५ हजार ७२१, नेट म्याक्सका ९ हजार ४००, सिम्पल मिडिया नेटवर्कका १२ हजार ६२ ग्राहक छन् ।