कीवर्डहरू -

इन्स्टाग्रामको एक्सपलोर सेक्सन यसरी गर्नुहोस् रिसेट वा परिवर्तन

इन्स्टाग्रामको एक्सपलोर सेक्सन यसरी गर्नुहोस् रिसेट वा परिवर्तन

इन्स्टाग्राम एकदमै चर्चित सामाजिक सञ्चालको रुपमा प्रख्यात रहेको छ । तर यो सामाजिक सञ्जालमा तपाईले एउटा कन्टेन्ट मनपराउनु भयो भने त्यस्तै खालको कन्टेन्ट आईरहन्छ ।

यसले गर्दा नयाँ खालको कन्टेन्टहरु हेर्न समस्या हुन सक्छ । यसकै लागि तपाईले इन्स्टाग्राममा एक्सपलोर फिडको अप्सनलाई रिसेट वा परिवर्तन गर्नुपर्ने हुन्छ । आज हामी यस बारे जानकारी दिदै छौं । यसका लागि तलको प्रक्रिया प्रयोग गर्नुहोस् ।

इन्स्टाग्रामको एक्सपलोर सेक्सन रिसेट गर्न :

सर्वप्रथम आफ्नो इन्स्टाग्राम एप खोल्नुहोस् । त्यसपछि एपको तल्लो दायाँ भागमा रहेको आफ्नो प्रोफाइलमा क्लिक गर्नुपर्छ । अब स्क्रनिको माथिल्लो दायाँ भागमा रहेको सेटिङ्गमा क्लिक गर्नुहोस् । यति गरेर सेक्युरिटी अप्सनमा क्लिक गरेर क्लियर सर्च हिस्ट्री भन्ने अप्सनमा क्लिक गर्नुपर्छ । अब माथिल्लो दायाँ भागमा रहेको क्लियर अल अप्सनमा थिच्नुपर्ने हुन्छ ।

इन्स्टाग्रामको एक्सपलोर सेक्सन परिवर्तन गर्न :

तल्लो रोमा भएको म्याग्नीफाइङ आइकनमा क्लिक गरेर एक्सपलोर सेक्सन खोल्नुपर्ने हुन्छ । अब तपाईलाई मननपर्ने पोस्टमा क्लिक गर्नुहोस् । यति गरेपछि पोस्टको दायाँ भागमा रहेको तीन ओटा धर्काे भएको आइकनमा क्लिक गर्नुपर्छ । अब नट इन्ट्रेस्टेड भन्ने अप्सनमा क्लिक गरेपछि त्यस्तो पोस्ट पुनः तपाईको एक्सपलोर फिडमा आउँदैन् ।