कीवर्डहरू -

अनलाइनबाटै मेडिकल सम्बन्धि किताब, स्लाइड र नोट निःशुल्क पढ्न सकिने प्लेटफर्म मेडिकोज पीडीएफ

अनलाइनबाटै मेडिकल सम्बन्धि किताब, स्लाइड र नोट निःशुल्क पढ्न सकिने प्लेटफर्म मेडिकोज पीडीएफ

के तपाई मेडिकल (चिकित्सा) सम्बन्धि अध्ययन गर्दै हुनुहुन्छ ? के तपाईलाई अनलाइनमै निःशुल्क मेडिकल सम्बन्धि किताब, स्लाइड, नोट आवश्यक छ ? यदी त्यसो हो भने तपाईका लागि उपयोगी हुन सक्छ ‘ मेडिकोज पीडीएफ ’ ।

मेडिकोज पीडीएफ चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई सरल रूपमा मेडिकल सम्बन्धि किताब, स्लाइड, नोट, जर्नल, समाचार एकै ठाउँमा उपलब्ध गराउँदै आएको प्लेटफर्म हो ।

मेडिकोज इन्टरनेसनलले बनाएको मेडिकोज पीडीएफ मोबाइल एप र वेबसाइटमा उपलब्ध छ । मोबाइल एप २ वर्ष अगाडि नै सार्वजनिक भएको थियो, जसलाई एन्ड्रोइड मा १ लाख बढीले डाउनलोड गरेका छन् ।

आईओएसमा पनि यो एप छिट्टै ल्याउने कम्पनीले तयारी गरेको छ । कम्पनीले यही जुन १ देखि मेडिकोज पीडीएफ डटकम वेबसाइट पनि सञ्चालनमा ल्याएको छ ।

निःशुल्क प्रयोग गर्न सकिने मेडीकोज पीडीएफ मेडिकल विद्यार्थीका लागि एकदमै उपयोगी हुने मेडिकोज इन्टरनेसनलका अपरेसनल म्यानेजर रञ्जित अधिकारीले बताए ।

मेडिकल विद्यार्थीहरूले आफुले बनाएर पढेको स्लाइड पनि वेबसाइट अपलोड गर्न सक्नेछन् । यसले गर्दा आफुलाई मात्र नभएर अपलोड गरेको स्लाइडले अन्य हजारौं विद्यार्थीलाई सहयोग गर्ने अधिकारीले आइसिटी समाचारसँग बताए ।

हाललाई अपलोड गर्ने सुविधा वेबसाइटमा मात्रै उपलब्ध रहेको र एपमा पनि ल्याउने कम्पनीले जनाएको छ। यसमा उपलब्ध रहेका किताबहरू, स्लाइडहरू निःशुल्क डाउनलोड गरेर पढ्न सकिन्छ । यसमा हाल ५ हजार किताबहरू राखिएको छ भने ३० हजार स्लाइडहरू राखिएको छ ।

त्यस्तै यसमा मेडिकल नोट्स, जर्नल, आर्टिकल र न्युज पनि राखिएको छ । मेडिकल शिक्षालाई सूचना प्रविधिसँग जोडर काम गरिरहेको उनले बताए ।

आगामी दिनमा मेडिकल विद्यार्थीहरूलाई सजिलो तरिकाबाट अझ धेरै ज्ञान प्रदान गर्ने योजनाअनुरूप काम गर्ने उनी बताउँछन् ।

मेडिकोज इन्टरनेसनल एमबीबीएस विद्यार्थी र सफ्टवेयर इन्जिनियरको सहकार्यमा सन् २०१७ मा स्थापना भएको हो । यसले मेडिकलसम्बन्धि आधा दर्जन बढी प्रडक्ट ल्याएको छ । कम्पनीले १२ देखि १५ जनालाई रोजगारी दिएको छ ।