कीवर्डहरू -

यसरी डिलिट गर्नुहोस् वेबसाइटले क्रोममा स्टोर गरेको तपाईको डेटा

यसरी डिलिट गर्नुहोस् वेबसाइटले क्रोममा स्टोर गरेको तपाईको डेटा

गूगलले आफ्नो इन्टरनेट ब्राउजरको पछिल्लो भर्सन क्रोम ९७ सार्वजनिक गरेको छ । यसले प्रयोगकर्ताहरुलाई आफूले चलाएको वेबसाइटले कस्तो डेटा स्टोर गर्छ भनेर नियन्त्रण गर्नलार्य मद्दत पुर्‍याउने गर्दछ ।

प्राइभेसी र सेक्युरिटी फिचरमा परिवर्तन ल्याएकाले अब क्रोममा प्रयोगकर्ताहरुले वेबसाइटले स्टोर गरिदिएको सबै डेटा डिलिट गर्नसक्छन् । यसका लागि तलको प्रक्रिया प्रयोग गर्नुहोस् ।

सर्वप्रथम गूगल क्रोम खोलेर सेटिङ्गमा जानुपर्ने हुन्छ । अब सेक्युरिटी एण्ड प्राइभेसी मा क्लिक गर्नुहोस् । यति गरेर साइट सेटिङ्गमा क्लिक गरेर भ्यू पर्मिसन एण्ड डेटा एक्रस साइट भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यहाँ क्लिक गरेर कुन वेबसाईटको क्रोममा स्टोर गरिएको डेटा डिलिट गर्ने भनेर खोज्नुपर्ने हुन्छ ।

खोजेपछि त्यसको अगाडी रहेको फरवार्ड एरोमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि आएको स्क्रीनमा युसेज सेक्सन अन्र्तगत रहेको क्लियर डेटा अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । यसरी वेबसाईटको क्रोममा स्टोर गरिएको डेटा डिलिट गर्न सकिन्छ ।