कीवर्डहरू -

डिप फेक पत्ता लगाउने फेसबुकको प्रविधि, कसरी गर्छ काम ?

डिप फेक पत्ता लगाउने फेसबुकको प्रविधि, कसरी गर्छ काम ?

प्रविधिको विकाससँगै डिप फेक प्रविधि पनि अझै बढि विकसित हुँदै गइरहेको छ । यसले साइबर सुरक्षामा थप चुनौती थपेको छ ।

आगामी दिनमा यसले एकदमै ठूल्ठूला आक्रमणहरु निम्त्याउन सक्ने छ । ह्याकरहरुले कुनै पनि प्रतिष्ठित व्यक्तिको भिडियो वा अडियो नक्कल गरेर पैसा पठाउनका लागि भन्न सक्नेछन् ।

ह्याकरहरुको समेत डिप फेक प्रविधि प्रति झुकाव एकदमै बढदै गएको छ । यो अहिले एउटा विश्वव्यापी समस्याको रूपमा रहेको छ । डिप फेक भनेको भिडियोमा एआईको दुरुपयोग गरेर हेरफेर ल्याउनु हो ।

प्रविधिको विकाससँगै डिप फेक वास्तविक बन्दै गइरहेका छन् जसले गर्दा इन्टरनेटमा के साँचो हो र के झुठो हो भनेर छुट्याउनै समस्या पर्ने खालको अवस्था सिर्जना भएको छ । डिप फोकमा ह्युमन इमेज सिन्थेसिस नामक प्रविधि प्रयोग गरिएको हुन्छ ।

केही समय अघि फेसबुकले विश्वव्यापी समस्याका रुपमा रहेको ‘डिप फेक’ पत्ता लगाउने प्रविधिको विकास गरेको थियो । फेसबुकको यस नवीन प्रविधिले ‘डिप फेक’ कहाँबाट आएको हो भन्ने पनि पत्ता लगाउन सक्छ । यो नयाँ फर्म्याटमा नेता तथा सेलिब्रिटीको नक्कली अनुहार तयार पारेर गलत तथा झुटा जानकारीहरु फैलाउने गरिन्छ ।

डिप फेकले मान्छेहरुको निजी सुरक्षामा समस्या ल्याईरहेकाले फेसबुकले यो फिचर ल्याएको हो । यो एआईलाई फेसबुकले मिचिगन विश्वविद्यालयसँग सहकार्य गरेर ल्याएको हो ।

यस प्रक्रियालाई रिभर्स इन्जिनियरिङको माध्यमले बनाइएको छ । यस एआईले कुन मोडेलमा ईमेज बनाइएको थियो भनेर विस्तृत जानकारी पनि दिने गर्दछ । तर यस एआईलाई प्रशिक्षिण दिइएको बाहेकको जेनेरेटिभ मोडेललाई भने पहिचान गर्न सक्दैन् ।

यसले एआई मोडेल पछाडिको नौलो प्यार्टन पत्ता लगाउने गर्दछ । एआइले डिप फेकको गुुणहरु पनि थाहापाउन सक्छ ।

यसले वास्तविक स्रोत पनि दिने हुँदा कसले यस्तो नक्कली कन्टेन्ट बनाईरहेको छ भन्ने पनि थाहा हुन्छ । अहिलेको समयमा यस प्रविधिले एकदमै सहयोग पुर्‍याउने आशा गरिएको छ ।

फेसबुकको डिपफेक एआइले कसरी काम गर्छ त ?

फेसबुकको प्रविधिले डिप फेक कहाँबाट आएको हो भनेर जान्न रिभर्स प्रविधिको प्रयोग गर्ने गर्दछ । डिप फेकको एआई प्रोग्रामले निर्माण प्रक्रियामा क्रयाक खोजेर इमेजको डिजिटल फिगंरप्रिन्ट परिवर्तन गर्ने गर्दछ ।

डिजिटल फिगंरप्रिन्ट नौलो प्याटर्न हो, जसले इमेज कहाँबाट आएको हो भनेर जेनेरेटिभ मोडेल पत्ता लगाउने गर्दछ । फेसबुकले डेटाबेसलाई विभिन्न डिपफेक भिडियो र इमेज देखाएर प्रशिक्षण दिएर डिप फेकको स्रोत पत्ता लगाउने गर्दछ ।