कीवर्डहरू -

‘कर्णालीमा रूखको टुप्पोमा गएर टावर लाग्छ कि भनेर मोबाइल घुमाउनु पर्ने अवस्था छ’

‘कर्णालीमा रूखको टुप्पोमा गएर टावर लाग्छ कि भनेर मोबाइल घुमाउनु पर्ने अवस्था छ’

आईसीटी अवार्ड २०२३ वितरण कार्यक्रममा कर्णाली प्रदेशलाई सम्झिनु भयो आयोजकलाई धन्यवाद । यहाँ आउँदा नेपालको डिजिटल विकास धेरै भएको हो कि जस्तो लाग्छ । तर कर्णालीमा गयो भने रूखको टुप्पोमा गएर टावर लाग्छ की भनेर मोबाइल घुमाउनु पर्ने अवस्था छ । 

गत असारमा भएको डिजिटल नेपाल कन्क्लेभमा कर्णालीको डिजिटलको विकासको सूचक बढाउछु भनेर घोषणा गरेको थियो । त्यसका लागि यस पटक केही कार्यक्रम राखेका छौं । 

डिजिटल कर्णालीका लागि हामीले आईसीटी फाउन्डेसन नेपालसँग पाइलट प्रोजेक्टको रूपमा सहकार्य गर्ने योजना छ । उहाँहरूसँग हामीले कर्णाली डिजिटल कन्क्लेभ गरौं भनेर प्रस्ताव गरेका छौं । 

संघीय सरकारले अगाडि बढाउन खोजेको डिजिटल नेपाल एक्सिलेसन (डीएनए) परियोजना विशेष गरेर मधेश र कर्णालीलाई चाहिएको छ । 

निजी क्षेत्रले कर्णालीलाई सम्झिरहेको हुन्छ । उहाँहरूले कर्णालीमा लगानी पनि गरिरहनु भएको छ । त्यसले लगानी बढाउन प्रोत्साहन पनि गरिरहेको छ । 

गत शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको आईसीटी अवार्ड २०२३ मा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जीसीले व्यक्त गरेको विचारको सम्पादित अंश ।