कीवर्डहरू -

सिजी ब्राण्डको ‘सिजी मेरिडिया’ प्रिमियम टीभी नेपाली बजारमा सार्वजनिक

सिजी ब्राण्डको ‘सिजी मेरिडिया’ प्रिमियम टीभी नेपाली बजारमा सार्वजनिक

सिजी ब्राण्डले नेपाली बजारमा ‘सिजि मेरिडिया’ प्रिमियम टीभी सार्वजनिक गरेको छ । ‘बेजललेस डिजाइन’ भएको टीभीको अघिल्लो सबै भागमा स्क्रीनमात्रै रहेको र कला तथा  प्रविधिको उत्कृष्ट संयोजन रहेको सीजीले दाबी गरेको छ ।

डायमण्डकट डिजाइन प्रयोग गरिएको यो टीभी आइफिल टावरको डिजाइनबाट प्रेरित रहेको सीजीले जानकारी दिएको छ । सीजी ब्राण्डकै लक्जरी उत्पादनमध्ये यो टीभी पनि एक रहेको र अलमेटल फ्रेम टीभी अत्याधिक उत्कृष्ट प्रविधिबाट तयार पारिएको सीजीको दाबी छ ।

प्रयोगकर्ताहरूले टीभीबाट सजिलै यूट्यूब र आफ्ना सामाजिक सञ्जाल प्रयोग गर्न सक्नेछन् भने गुगल प्लेस्टोर र एपलस्टोरबाट आफूले चाहेको एप्सहरू डाउनलोड गर्न सक्ने सीजीले जानकारी दिएको छ ।