कीवर्डहरू -

आईएमई फाउन्डेसनले सफ्टवेयर इन्जिनियरिङ पढ्न छात्रवृत्ति दिने, यसरी दिनुहोस् आवेदन

आईएमई फाउन्डेसनले सफ्टवेयर इन्जिनियरिङ पढ्न छात्रवृत्ति दिने, यसरी दिनुहोस् आवेदन

आईएमई फाउन्डेसनले सफ्टवेयर इन्जिनियरिङ विषयमा स्नातकोत्तर अध्ययनका लागि २ जनालाई छात्रवृत्ति दिने भएको छ ।

फाउन्डेसनले कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ विषयमा स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्ति दिने भएको हो ।

सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ जीएमई कोरियाको सहकार्यमा आईएमई फाउन्डेसनले छात्रवृत्ति दिनेछ ।

अबको १ महिनाभित्र इच्छुक व्यक्तिहरूले आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) पानीपोखरीस्थित कार्यालय ठेगाना वा [email protected] इमेल मार्फत दरखास्त दिन सक्नेछन् । भौतिकभन्दा पनि इमेललाई प्राथमिकतामा दिन संस्थाले अनुरोध गरेको छ ।

२ जनालाई प्रदान गरिने उक्त छात्रवृत्ति अन्तर्गत प्रतिव्यक्ति वार्षिक १० हजार अमेरिकन डलरका दरले छात्रवृत्ति रकम प्रदान गरिनेछ ।

सफ्टवेयर इन्जिनियरिङ विषयमा कम्तिमा स्नातक उत्तीर्ण इच्छुक जो कोहीले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।

छनोटका लागि पाँच सदस्यीय छात्रवृत्ति छनोट समिति गठन गरिनेछ । पढाईमा अब्बल, नेतृत्व क्षमता एवम् अतिरिक्त क्रियाकलापमा विशेष रूचि राख्ने आवेदकलाई उच्च प्राथमिकता दिइनेछ ।

कोरियामा अध्ययनरत रहँदा जीएमई कोरियामा स–शूल्क इन्टर्नसीपको अवसर प्राप्त हुनेछ  भने अध्ययनको समाप्तिपछि कम्तीमा दुई वर्ष जीएमई कोरियामा पूर्णकालिन आवद्ध हुनुपर्नेछ ।

यसका अतिरिक्त कोरियामा स्नाकोत्तर अध्ययन गर्ने छात्र/छात्राहरूलाई प्राध्यापकहरूसँग ल्याबमा काम गर्ने अवसर समेत प्राप्त हुने जनाइएको छ ।