कीवर्डहरू -

एडोब प्रयोग गरेर प्रयोगकर्ताहरुको लगइन विवरण चोर्दै ह्याकर

एडोब प्रयोग गरेर प्रयोगकर्ताहरुको लगइन विवरण चोर्दै ह्याकर

ह्याकरहरुले एडोब प्रयोग गरेर प्रयोगकर्ताहरुको लगइन विवरण चोर्ने गरेको पाइएको छ । ह्याकरहरुले एडोबमा अकाउन्ट बनाउने र पिडिएफ फाइल इम्पोर्ट गर्ने गरेको पाइएको हो ।

यस्तो इम्पोर्ट गरेको पिडिएफले प्रयोगकर्तालाई क्रिडेन्सियल चोर्ने पेजमा पर्याउने गर्दछ । यस बारेमा चेकपोइन्ट कम्पनी एभानानले पत्ता लगाएको हो ।

गत केही हप्ता देखि यस्तो गतिविधि झनै बढदै गएको पनि कम्पनीले बताएको छ । प्रयोगकर्ताहरुले एडोबबाटै ईमेल पाउने गरेका छन् ।

त्यो इमेलमा ओपन थिच्दा एडोब डक्युमेन्ट क्लाउड पेजमा पुगिन्छ । अब प्रयोगकर्ताले एक्सेस डकुमेन्ट लिंकमा क्लिक गरेभने लगइन विवरण चोर्ने पेजमा पुग्ने गर्दछन् । यसरी ह्याकरले एडोबलाई प्रयोग गरेर लगइन विवरण चोर्ने गरेको पाइएको छ ।