कीवर्डहरू -

को हुन् दराज नेपालको प्रबन्ध निर्देशकमा नियुक्त भएकी आँचल कुँवर ? 

को हुन् दराज नेपालको प्रबन्ध निर्देशकमा नियुक्त भएकी आँचल कुँवर ? 

नेपालको अग्रणी अनलाइन बजार दराज नेपालले आँचल कुँवरलाई पहिलो महिला प्रबन्ध निर्देशकको रूपमा नियुक्त गरेको छ । दराजका सीईओ बियार्के मिक्केलसेनले लिन्क्ड इनमा यो खबर घोषणा गरेका थिए ।

नेपाली जनताका लागि विश्व-स्तरीय अनलाइन सपिङ अनुभव सिर्जना गर्ने धेरै प्रतिभाशाली पेशेवरहरूको समूहको नेतृत्व गर्ने अवसर पाएकोमा सम्मानित महसुस गरेको शर्माले बताइन् ।

‘नेपाली इ-कमर्स उद्योगमा दराजको द्रुत बृद्धि र प्रभाव टाढाबाट पनि स्पष्ट देखिन्छ । यसरी, म दराज नेपाललाई घरायसी नाम र हाम्रा सबै ग्राहकहरूको किनमेल आवश्यकताहरूको लागि वान-स्टप समाधानको रूपमा स्थापित गर्नमा भाग लिन पाउँदा धेरै उत्साहित महसुस गर्छु। डरजियनको रूपमा, हामी हाम्रो बलियो मूल्यमान्यताहरू र कमर्सको शक्ति मार्फत हाम्रा समुदायहरूलाई उत्थान गर्ने उद्देश्यले तिर लाग्ने कार्य जारी राख्नेछौं’ आँचलले भनिन् ।

नेपालमा जन्मिएकी आँचलले कार्लसन स्कुल अफ म्यानेजमेन्टबाट एम बि ए ,गणित र अर्थशास्त्रमा सेन्ट क्लाउड स्टेट युनिभर्सिटी मिनेसोटाबाट बि एस अध्ययन गरेकी छन् ।

उनीसँग १३ वर्ष युएस कर्पोरेट क्षेत्रमा काम गरेको अनुभव छ । यो अवधिमा, उनले कार्लसन वागोनलिट ट्राभल (ऋध्त्) र इ-कमर्स अग्रगामी, अमेजन जस्ता विभिन्न प्रमुख कम्पनीहरूमा काम गरेकी छन् ।

उनले स्वीडेन, पोल्याण्ड, साउदी अरब र इजिप्ट जस्ता नयाँ बजारहरूमा कम्पनी स्थापना गर्न सहयोग गरेकी थिइन् ।
अमेरिकामा लामो र सफल करियरपछि कम्पनीले बृद्धिको नयाँ चरणमा प्रवेश गरेको बेला आँचलले दराज नेपालको नेतृत्व गर्दैछिन् ।

यो पनि यस्तो समयमा छ जब कम्पनीको रिब्रान्डिङ हुँदैछ । यसरीनै, उनको नियुक्तिसँगै, दराजका सबै अपरेटिङ देशहरूमा अब स्वदेशी प्रबन्ध निर्देशक (एमडी)हरू रहेको कम्पनीले जनाएको छ ।

दराज समूहका सीईओ र संस्थापक, बियार्के मिक्केलसेनले भने, ‘हामी हाम्रो विकासको अर्को चरणमा अघि बढ्दै गर्दा, हाम्रो ध्यान हाम्रा ग्राहकहरू र बिक्रेताहरूसँग जोड्ने भावना सिर्जना गर्ने हो । म आंचल र हाम्रा अन्य देशका एमडीहरूसँगै काम गर्न तत्पर छु, हाम्रा प्रयोगकर्ताहरूका लागि थप खोजी र व्यक्तिगत अनुभवहरू सिर्जना गर्नका लागि उनीहरूले उनीहरूको स्थानीय परिप्रेक्ष्य, अनुभव र अन्तरदृष्टिहरू हाम्रो व्यवसायलाई अगाडि बढाउन जारी राख्न सहयोग पुर्याउनेछन्।’

वर्तमान एमडी लिनो अहलेरिङले सिङ्गापुरको दराज मुख्यालयमा क्षेत्रीय भूमिकामा सरुवा भएपछि आंचलले पदभार ग्रहण गर्नेछिन् । दराजका लागि यो निकै रोमाञ्चक समय भएको र विगत ३.५ वर्षमा देशमा इ-कमर्स निर्माण तथा यस उद्योगको जग बसाल्नु ठूलो सम्मानको कुरा रहेको अहलरिङले बताइन् ।

‘हामीसँग ७५० भन्दा बढी डरजियनसको उत्कृष्ट टोली छ र सामान्यतया दराज र ई-कमर्सको भविष्य अत्यन्त उज्ज्वल हुने छ। म दराज समूह भित्र रहनेछु, यो व्यवस्थापनको मामलामा एक धेरै सहज संक्रमण हुनेछ। आँचलको नेतृत्वमा दराजले अझ ठूलो उचाइमा पुग्नेमा म विश्वस्त छु र यही भन्दै म उनलाई र सम्पूर्ण दराज नेपालको टोलीलाई शुभकामना दिन चाहन्छु’ उनले भनिन् ।