कीवर्डहरू -

इन्स्टाग्राम जस्तै क्रियटर सब्सक्रिप्सन फिचर परीक्षण गर्दै टिकटक

इन्स्टाग्राम जस्तै क्रियटर सब्सक्रिप्सन फिचर परीक्षण गर्दै टिकटक

टिकटकले इन्स्टाग्राम जस्तै क्रियटर सब्सिक्रिप्सन फिचरको जाँच सुरु गरेको छ । यसले गर्दा टिकटक क्रियटरहरुका लागि पैसा कमाउने पुनः नयाँ बाटो खुलेको छ ।

क्रियटरहरुले सब्सक्राइब गरेको प्रयोगकर्ताका लागि मात्रै स्टोरी तथा लाइभस्ट्रीम गर्न पाउनेछन् । टिकटकले सब्सक्राइबरका लागि मात्रै रहेको कन्टेन्टमा सब्सक्राइबरहरुले क्रियटरलाई टिप पठाउन पाउनेछन् ।

सन् २०२० मा टिकटकले क्रियटरहरुका लागि २०० मियिलन डलरको कोष पनि बनाएको थियो र अहिले गिफ्टको माध्यमले पनि क्रियटरहरुले धेरै पैसा कमाइरहेका छन् ।

अहिलेका लागि यो फिचर अमेरिकामा मात्रै उपलब्ध रहेको छ । मेटाले पनि क्रियटरहरुका लागि एक बिलियन अमेरिकी डलरको फण्ड खडा गरेको थियो ।