कीवर्डहरू -

करिब ३ लाख विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण

करिब ३ लाख विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण

सरकारले करिब ३ लाख विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गरेको छ । १६ वर्षभन्दा माथिका २ लाख ८८ हजार ६६८ विद्यार्थीलाई निःशुल्क सिम वितरण गरिएको हो ।

बिहीबार अर्थमन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन अनुसार १६ वर्षभन्दा माथिका २ लाख ८८ हजार ६६८ विद्यार्थीलाई एक थान सिम कार्ड निःशुल्क वितरण भएको छ ।

सरकारले आर्थिक वर्ष २०७८/०७९ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले १६ वर्षभन्दा माथिका विद्यार्थीलाई निशुल्क सिमकार्ड दिने घोषणा गरेको थियो । जस अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म करिब ३ लाख सिम निःशुल्क वितरण गरिएको हो ।