कीवर्डहरू -

एक वर्षको अवधिमा हजार युनिट टाटा योद्धा पिकअप बिक्री, के के छन् यसका विशेषता ?

एक वर्षको अवधिमा हजार युनिट टाटा योद्धा पिकअप बिक्री, के के छन् यसका विशेषता ?

काठमाडाैं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले एक वर्षको अवधिमा हजार युनिट टाटा योद्धा पिकअप बिक्री गरेको जानकारी दिएकाे छ । 

गत बर्ष महिनामा सो पिकअप नेपाली बजारका लागि लन्च गरिएको थियो । बिक्रीका लागि उपलब्ध गराउनु पहिले नै धेरै स्थानमा टेष्ट ड्राइभ गरी यसका वारेमा जानकारी प्रदान गरेको र यसमा भएका विभिन्न फिचरका कारण यति धेरै पिकअप बिक्री भएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यो विभिन्न भेरिएन्टमा उपलब्ध छ, जसमा भएको ८५ एचपीको शक्तिशाली ३.० लिटर इन्जिन, २५० एनएम टर्कले यसलाई आफ्नो वर्गको उत्कृष्ट गाडी साबित गर्न मद्दत गर्छ ।

यसमा भएको उत्कृष्ट ग्राउन्ड क्लियरेन्सका कारण फलफूल तथा तरकारी, पोल्ट्री, माछा, दूध आदि ढुवानी कार्य गर्न र अन्य जुनसुकै व्यवसायका लागि क्यास भ्यान र कन्स्ट्रक्सन साइटमा सर्भिस सपोर्ट भेइकलको रूपमा यसलाई प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा सो पिकअपको मूल्य २१ लाख १५ हजार रुपैयाँ भए पनि छुट सहित यसको मूल्य २० लाख १५ हजार रुपैयाँ रहेको छ । कम्पनीको हितलाई ध्यानमा राखी यसमा दुई वर्ष सम्म मर्मतको व्यवस्था गरिएको छ ।