कीवर्डहरू -

महिन्द्राको एमकेयर भ्यान सञ्चालनमा

महिन्द्राको एमकेयर भ्यान  सञ्चालनमा

काठमाडौं । महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले उच्च प्रविधि उपकरणहरूसँग सुसज्जित एमकेयर भ्यान सेवा सञ्चालनमा ल्याएको छ । दुगड ब्रदर्स एन्ड सन्स नेपालले महिन्द्रा एन्ड महिन्द्रासँग सहकार्य गर्दै घरदैलो सेवा र तालीम प्रदान गर्ने प्रयोजनका साथ एमकेयर भ्यान सञ्चालनमा ल्याएको हो ।

ग्राहकको सेवाका लागि आवश्यक समयमा प्राविधिक विशेषज्ञसहितको टोली लिएर एमकेयर भ्यान साइट पुग्ने बताइएको छ । चुनौतीपूर्ण सडकको स्थिति, कुशल सेवासुविधा र पहुँच सीमाअवधिलाई विशेष ध्यानमा राख्दै एमकेयरले ग्राहकलाई सरल सुलभ सेवा दिने पनि बताइएको छ ।

एमकेयर भ्यानले स्थानीय वर्कशपहरूमा पनि टेक्निकल क्षमताको निर्माण गर्न महिन्द्राका प्रशिक्षित विशेषज्ञद्वारा नवीनतम प्रविधि र उपकरणहरूको माध्यमले प्रशिक्षण दिने महिन्द्रा एन्ड महिन्द्राले उल्लेख गरेको छ । पहिलो चरणमा एमकेयर भ्यानद्वारा २० जिल्लामा पुगी १५० स्थानीय टेक्निशियन, २०० जना चालकहरू, पाँचओटा प्राविधिक संस्थान र ग्राहकलाई सेवा दिइनेछ ।